• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ श्रावण ३, आईतबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

कार्यालयलाई सुधारको एक्सप्रेस रोडमा गति दिंदै प्रमुख रजिष्ट्रार कृष्ण कुमारी श्रेष्ठ

२०८३ अषाढ ११, बिहिबार
२

छोराको कुटपिटबाट आमाको मृत्यु

२०८३ अषाढ १३, शनिबार
३

पोल्याण्ड पठाउने भन्दै २३ लाख ठगी गर्ने देवचुलीका भगवत थारु पक्राउ

२०८३ अषाढ १२, शुक्रबार
४

रमपम चाउचाउमा न्यून गुणस्तर भेटिएपछि तत्काल बजारबाट फिर्ता गर्न विभागको आदेश

२०८३ अषाढ ८, सोमबार
५

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

२०८३ अषाढ १२, शुक्रबार
६

भूकम्पमा परि मृत्यु हुनेको संख्या पाँच हजार नाघ्यो

२०८३ श्रावण २, शनिबार
७

विनयी त्रिवेणीका दुई वडा लुम्बिनी प्रदेशमा गाभ्न सिफारिस

२०८३ अषाढ ८, सोमबार
८

खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

२०८३ अषाढ २८, आईतबार
९

पिउस मिनरल वाटरको ब्याच नं. एम३२६ प्रयोग तथा बिक्रीवितरण नगर्न कम्पनीको आग्रह

२०८३ अषाढ २७, शनिबार
१०

नवलपरासी पश्चिममा बस र ट्रक ठोक्किँदा एक महिलाको मृत्यु, तीन जना घाइते

२०८३ अषाढ ६, शनिबार
११

यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य

२०८३ अषाढ १२, शुक्रबार
१२

फिफाले गर्‍यो एन्फाको सदस्यता निलम्बन

२०८३ अषाढ ११, बिहिबार

प्राणीशास्त्री प्रा. चालिसेले छिचोलेका कुइनेटाहरू नियाल्दा

नवलपुर अनलाइनप्रकाशित मिति: २०७९ श्रावण १८, बुधबार

  • १३३८ पटक पढिएको
  • प्रमाण अधिकारी

    बाँदर र मान्छेका बिच बेलाबेला खेतिबालीका विषयमा हुने द्वन्द्वका कारण बाँदरका विषयमा पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाइन मिडियामा समाचार आइरहन्छन्। त्यही क्रममा बाँदरका विषयमा बृहत् जानकारी राख्नुहुने प्राणीशास्त्री प्रा.डा. मुकेशकुमार चालिसेका भनाइ र अन्तर्वार्ता ती माध्यमबाट बेलाबखत आइरहन्छन्। सोही क्रममा अप्रत्यक्ष रूपमा चिन्न पाएको यस पंक्तिको लेखकले उहाँको आत्मकथन “मैले छिचोलेका कुइनेटा” पढ्ने अवसर पायो। एउटा किताब आद्योपान्त नछिचोलेको धेरै अन्तरालपछि एक प्राणीशास्त्रीको जीवन भोगाइका अनुभव कस्ता रहेछन् भनेर पढ्ने उत्सुकता पनि जाग्यो। मेरो बाल्यकालमा आफ्ना घरमा पाहुनाका रूपमा बेलाबखत आउनुहुने अग्रणी साहित्यकारहरू युद्धप्रसाद मिश्र, श्यामप्रसाद, जनकप्रसाद हुमागा‌ई, केवलपुर किसान, गोविन्द भट्टसहितका व्यक्तित्वको पुस्तकका अन्तिमतिर रहेको तस्वीर सँगालोले पुस्तक पढ्ने थप प्रेरणा मिल्यो, उहाँहरूबारे पनि थप केही जानकारी पाइन्छ कि भनेर। अध्ययन अनुसन्धानमा लिप्त प्राणीशास्त्री कुनै समय नेपालको कम्युनिष्ट पार्टीको सङ्गठक भएको कुरा थाहा पाउँदा उहाँको बहुआयामिक व्यक्तित्वबारे अझ चासो थपियो। पुस्तक पढ्ने क्रममा नेपालको इतिहासमा कम्युनिष्ट आन्दोलनको शुरुवातसँगै हजारौं व्यक्तिको त्याग, निष्ठा र बलिदानले कसरी सङ्गठन विस्तार हुन थाल्यो, यसले आन्दोलनको रूप कसरी लियो र अहिले गणतन्त्रात्मक व्यवस्थासम्म आइपुग्दा कस्ता विकृति, विसङ्गतिले प्रगतिशील र क्रान्तिकारी भन्ठानिएको व्यवस्था संशोधनवादको शिकार हुँदै शिथिल बन्न पुगेको छ भन्ने कुराको केही ज्ञान पनि भयो।

    आफ्नो बाल्यकालदेखि, युवावस्था हुँदै वर्तमान निवृत्त जीवनसम्म आइपुग्दा पार गरेका कुइनेटारूपी जीवनको भोगाइ यस पुस्तकमा पढ्न पाईन्छ। मस्तिष्काघात भएर केही विस्मृति हुने सम्भावना हुँदाहुँदै पनि डा. चालिसेका भोगाइ लिपिबद्ध गर्न भुँडीपुराण प्रकाशनले राम्रै काम गरेको रहेछ । २०७७ सालमा प्रकाशित यस कृतिमा ३० वटा विभिन्न शीर्षकमा लेखकका आत्मकथनलाई प्रस्तुत गरिएको छ । आफ्ना पुर्खाको नालीबेलीमा कसरी भट्टराईहरू चालिसे भए भन्ने कुरा उल्लेख छ। कसरी चाकरी र कज्याँईं गरेर आफ्ना हजुरबाले राणाकालमा सेनामा जागिर खाए, सम्पत्ति आर्जन कसरी भयो भन्ने कुराहरू पढ्दा राणाकालकाबारे पढ्दै आएको समाजको चित्र ती सन्दर्भमा पनि उस्तै रूपमा झल्किन्छन्। आफ्ना बुबाले सरकारी कामका सिलसिलामा केही वर्षका अन्तरालमा पूर्वमा तेह्रथुमदेखि पश्चिममा बर्दियासम्म पुगेको, त्यहाँका त्यो बेलाको समाज, शिक्षा, स्वास्थ्य क्षेत्रको चित्रण पनि यसमा आउँछ ।

    काँठ क्षेत्रमा बसोबास भएको, हजुरबुबाको दरबारसम्म पहुँच भएको र खान लाउनको समस्या नभएको भएता पनि उच्च शिक्षा हासिल गर्ने क्रममा कस्ता ठक्कर खानपर्यो, कस्ता घात सहनपर्यो र अन्त्यमा कसरी एउटा मध्यम वर्गीय परिवारको केटो सर्वहाराको मुक्तिका लागि बुर्जुवा शिक्षालाई चटक्कै छाडी कम्युनिष्ट आन्दोलनमा होमियो र कसरी फेरि त्यही औपचारिक शिक्षा पुनः शुरु भयो भन्ने कुराले पुस्तकको एक चौथाइ भाग ओगटेको छ।

    विद्यावारिधी गर्ने क्रममा भाले र पोथी बाँदरका खाना र तिनका आनीबानी र शारीरिक बनोटसँग सम्बन्धित रहेर गरिएको अध्ययन नेपालमै पहिलो रहेको जानकारी सँगसँगै नेपालमा रेड पाण्डा, भालु बिरालो, डल्फिन आदिका बारे गरिएको अध्ययन अनुसन्धानबारेका रोचक घटनाहरू, अनुसन्धानका क्रममा रहँदा आइपरेका जीवनमरणका अवस्थाहरू बारे पुस्तकमा उल्लेख गरिएको छ।

    नेपालको प्राज्ञिक क्षेत्रमा अध्ययन, अनुसन्धान र बौद्धिक उन्नयनमा डा. चालिसेको महत्त्वपूर्ण योगदान रहेको प्रतित हुन्छ पुस्तक पढ्दा। जुन काममा लागे पनि आफूले सकेको, जानेको पूर्ण रूपमा पस्कन खोजेकै कारण सम्बन्धित क्षेत्रमा उल्लेख्य योगदान गर्न सकिने कुरा पनि महसुस हुन्छ लेखकका कुइनेटा पार गर्दाका अनुभव पढ्दा।

    पुस्तकका सम्बन्धमा टिप्पणी गर्ने क्रममा वरिष्ठ पत्रकार भैरव रिसालले भन्नुभएजस्तै बाल्यकालदेखि उच्च शिक्षा पढ्दै गर्दाको वयस्क बेला, पढ्दा पढ्दै राजनीतिमा होमिएर पुनः पढाइको निरन्तरता दिंदासम्मको अवस्था र अध्ययन, अनुसन्धानमा लागि प्राज्ञिक योगदान र उन्नयनको अवस्था गरी तीन भागमा कथिएको आत्मकथन सकारात्मक उर्जा प्रदान गर्ने खालको हुँदाहुँदै पनि हामी प्रत्येकको जीवनमा हुने सबै आयाम यस पुस्तकले नसमेटेको हो कि भन्ने यी पंक्तिका लेखकलाई लाग्यो।

    आत्मकथनमा आफूले गरेका गल्ती, भएका गरिएका पश्चाताप, पीडा, क्षमाभाव पनि निसङ्कोच र निष्पक्ष ढङ्गबाट आयो भने पाठकका लागि पनि यो सिकाइको विषय हुनसक्छ। आत्मकथन भनिएता पनि यात्रा संस्मरण जस्तो भयो भने पढ्न त रमाइलै हुन्छ, नयाँ ठाउँ, नयाँ समुदाय, नयाँ रीतिथितिबारे जानकारी हुन्छ तर जीवनदर्शनित्यसमा आउँदैन जुन यस पुस्तकमा अलिक कम छ। आत्मकथन भएकाले र व्यक्तिको गोपनियताको अधिकारको सम्मान गरिएका कारणले पनि होला उहाँको पारिवारिक जीवनका बारे बुझ्न पर्दा हजुरबुबा, बुवाबारे धेरै, आमाबारे केही प्रसंग आउँदा थोरै खल्लो महसुस हुन्छ। तथापि, काँठ क्षेत्रमा ११ पुस्तादेखि बस्दै आएको, राणा परिवार र दरबारका नजिक रहेको परिवारमा हुर्किएर बिस्तारै प्रगतिशील सोच र अभियानसँग आबद्ध भई अहोरात्र खटिई जनताका घरदैलो पुगी, संगठन बनाई, उनीहरूमा अन्याय र असमानताका विरुद्ध लड्ने चेत भरी एउटा आन्दोलनको निर्माण गर्न उहाँले गर्नुभएको योगदानलाई नजरअन्दाज गर्नु अन्याय हुनजान्छ जस्तो लाग्छ।वर्तमान अवस्थासम्म उहाँको राजनीतिक पृष्ठभुमिबारे अहिलेको युवापुस्ता अनभिज्ञ रहेपनि नेपालमा वन्यजन्तु, पर्यावरण, प्रकृति र संरक्षणको क्षेत्रमा अध्ययन, अनुसन्धानबाट उहाँले गर्नुभएको योगदान अतुलनीय रहेको महसुस भयो । मानिसले निरन्तर आफ्नो कर्म गर्न छाडेन भने जुनसुकै व्यक्ति, राजनीतिक दल सत्ता र शक्तिमा आएपनि, जतिसुकै निषेध गर्न खोजे पनि उक्त व्यक्तिको योगदान र कीर्ति चम्किएरै छाड्छ, अरूलाई उज्यालो दिएरै जान्छ। त्यसैले इमान्दार योगदान र निरन्तर कर्म गर्न उत्प्रेरणा दिने यो पुस्तक पठनीय रहेको यी पंक्तिका लेखकको ठम्याइ छ ।

    कास्की, पोखरा

    Twitter: @pramanunique

     

  • मैले छिचोलेका कुइनेटा
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ३%
    प्रतिक्रिया दिनुहोस
    विचार सम्बन्धि थप
  • औद्योगिक क्षेत्रका उद्योगबाट ४६ करोडभन्दा बढी महसुल राज्यकोषमा

  • ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • विश्वकपको उपाधिका लागि आज राति स्पेन र अर्जेन्टिना भिड्दै

  • विश्वकपमा इंग्ल्याण्ड तेस्रो, फ्रान्समाथि ६-४ गोलको रोमाञ्चक जित

  • समाचार
  • १

    औद्योगिक क्षेत्रका उद्योगबाट ४६ करोडभन्दा बढी महसुल राज्यकोषमा
    २०८३ श्रावण ३, आईतबार

  • २

    ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य
    २०८३ श्रावण ३, आईतबार

  • ३

    विश्वकपको उपाधिका लागि आज राति स्पेन र अर्जेन्टिना भिड्दै
    २०८३ श्रावण ३, आईतबार

  • ४

    विश्वकपमा इंग्ल्याण्ड तेस्रो, फ्रान्समाथि ६-४ गोलको रोमाञ्चक जित
    २०८३ श्रावण ३, आईतबार

  • ५

    गण्डकी सहितका पाँच प्रदेशमा भारी बर्षा हुने
    २०८३ श्रावण ३, आईतबार

  • ६

    काठमाडौं आउने-जाने यात्रुलाई रातिको यात्रा गर्दा विशेष सतर्कता अपनाउन आग्रह
    २०८३ श्रावण २, शनिबार

  • ७

    भूकम्पमा परि मृत्यु हुनेको संख्या पाँच हजार नाघ्यो
    २०८३ श्रावण २, शनिबार

  • ८

    मेसी र रोनाल्डोको सम्मानमा १९-१९ थान विशेष संस्करणका फोन उत्पादन
    २०८३ श्रावण २, शनिबार

  • ९

    एनटिभीको स्याटेलाइट ब्याण्डविथ खरिदमा हिनामिना भएको अध्ययन समितिको निष्कर्ष
    २०८३ श्रावण २, शनिबार

  • १०

    बोलेरो जिप दुर्घटनामा २ जनाको मृत्यु , तीन जना घाइते
    २०८३ श्रावण २, शनिबार

  • नवलपुर बिशेष
    १

    रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

    नवलपुर अनलाईन
    २

    नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

    नवलपुर अनलाईन
    ३

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    ४

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ५

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ६

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ८

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution