• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ मंसिर १९, शुक्रबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

सेन्ट्रल कलेजको बसको ठक्करबाट चितवनमा मोटरसाइकल चालकको मृत्यु , ३ जना घाइते

२०८२ मंसिर ४, बिहिबार
२

वर्ल्डलिंकले ल्यायो ‘सिक्सजी वाई-फाई’, स्पिड ४ गुणा फास्ट हुने

२०८२ कार्तिक २३, आईतबार
३

युवा नेतृत्व: परिवर्तनको बाटो कि भुलभुलैया?

२०८२ मंसिर १४, आईतबार
४

अस्ट्रेलिया सवारी दुर्घटनामा चितवनका एकै परिवारका ३ जनाको मृत्यु

२०८२ कार्तिक २७, बिहिबार
५

७३ वर्षीय टीकारामले कमाउछन् मौरीपालनबाट वार्षिक १५ लाख रुपैँया

२०८२ कार्तिक १९, बुधबार
६

कुखुरा पालनबाट अर्जुनले कमाउँछन् मासिक एक लाख रुपैँया

२०८२ कार्तिक ३०, आईतबार
७

रास्वपाका प्रमाणित सदस्य संख्या एक लाख ७३ हजार

२०८२ कार्तिक २२, शनिबार
८

बारा जान नपाएपछि महेश बस्नेत भन्छन्- यस्तो अवरोधबाट विचलित हुदैनौ

२०८२ मंसिर ३, बुधबार
९

प्रधानमन्त्रीको नियुक्तिविरुद्धको रिटमा सर्वोच्चबाट अन्तरिम आदेश दिन अस्वीकार

२०८२ कार्तिक १९, बुधबार
१०

नवलपुरमा छोराको कुटपिटबाट बुबाको मृत्यु

२०८२ मंसिर १०, बुधबार
११

अस्थायी करार कर्मचारीलाई सासु कोषमा आवद्ध हुन हुप्सेकोट गाउँपालिकाको अनुरोध

२०८२ कार्तिक २९, शनिबार
१२

कतैबाट धम्की आएमा युवा संघलाई खबर गर्नू- केपी ओली

२०८२ कार्तिक २३, आईतबार

प्राणीशास्त्री प्रा. चालिसेले छिचोलेका कुइनेटाहरू नियाल्दा

नवलपुर अनलाइनप्रकाशित मिति: २०७९ श्रावण १८, बुधबार

  • १२५१ पटक पढिएको
  • प्रमाण अधिकारी

    बाँदर र मान्छेका बिच बेलाबेला खेतिबालीका विषयमा हुने द्वन्द्वका कारण बाँदरका विषयमा पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाइन मिडियामा समाचार आइरहन्छन्। त्यही क्रममा बाँदरका विषयमा बृहत् जानकारी राख्नुहुने प्राणीशास्त्री प्रा.डा. मुकेशकुमार चालिसेका भनाइ र अन्तर्वार्ता ती माध्यमबाट बेलाबखत आइरहन्छन्। सोही क्रममा अप्रत्यक्ष रूपमा चिन्न पाएको यस पंक्तिको लेखकले उहाँको आत्मकथन “मैले छिचोलेका कुइनेटा” पढ्ने अवसर पायो। एउटा किताब आद्योपान्त नछिचोलेको धेरै अन्तरालपछि एक प्राणीशास्त्रीको जीवन भोगाइका अनुभव कस्ता रहेछन् भनेर पढ्ने उत्सुकता पनि जाग्यो। मेरो बाल्यकालमा आफ्ना घरमा पाहुनाका रूपमा बेलाबखत आउनुहुने अग्रणी साहित्यकारहरू युद्धप्रसाद मिश्र, श्यामप्रसाद, जनकप्रसाद हुमागा‌ई, केवलपुर किसान, गोविन्द भट्टसहितका व्यक्तित्वको पुस्तकका अन्तिमतिर रहेको तस्वीर सँगालोले पुस्तक पढ्ने थप प्रेरणा मिल्यो, उहाँहरूबारे पनि थप केही जानकारी पाइन्छ कि भनेर। अध्ययन अनुसन्धानमा लिप्त प्राणीशास्त्री कुनै समय नेपालको कम्युनिष्ट पार्टीको सङ्गठक भएको कुरा थाहा पाउँदा उहाँको बहुआयामिक व्यक्तित्वबारे अझ चासो थपियो। पुस्तक पढ्ने क्रममा नेपालको इतिहासमा कम्युनिष्ट आन्दोलनको शुरुवातसँगै हजारौं व्यक्तिको त्याग, निष्ठा र बलिदानले कसरी सङ्गठन विस्तार हुन थाल्यो, यसले आन्दोलनको रूप कसरी लियो र अहिले गणतन्त्रात्मक व्यवस्थासम्म आइपुग्दा कस्ता विकृति, विसङ्गतिले प्रगतिशील र क्रान्तिकारी भन्ठानिएको व्यवस्था संशोधनवादको शिकार हुँदै शिथिल बन्न पुगेको छ भन्ने कुराको केही ज्ञान पनि भयो।

    आफ्नो बाल्यकालदेखि, युवावस्था हुँदै वर्तमान निवृत्त जीवनसम्म आइपुग्दा पार गरेका कुइनेटारूपी जीवनको भोगाइ यस पुस्तकमा पढ्न पाईन्छ। मस्तिष्काघात भएर केही विस्मृति हुने सम्भावना हुँदाहुँदै पनि डा. चालिसेका भोगाइ लिपिबद्ध गर्न भुँडीपुराण प्रकाशनले राम्रै काम गरेको रहेछ । २०७७ सालमा प्रकाशित यस कृतिमा ३० वटा विभिन्न शीर्षकमा लेखकका आत्मकथनलाई प्रस्तुत गरिएको छ । आफ्ना पुर्खाको नालीबेलीमा कसरी भट्टराईहरू चालिसे भए भन्ने कुरा उल्लेख छ। कसरी चाकरी र कज्याँईं गरेर आफ्ना हजुरबाले राणाकालमा सेनामा जागिर खाए, सम्पत्ति आर्जन कसरी भयो भन्ने कुराहरू पढ्दा राणाकालकाबारे पढ्दै आएको समाजको चित्र ती सन्दर्भमा पनि उस्तै रूपमा झल्किन्छन्। आफ्ना बुबाले सरकारी कामका सिलसिलामा केही वर्षका अन्तरालमा पूर्वमा तेह्रथुमदेखि पश्चिममा बर्दियासम्म पुगेको, त्यहाँका त्यो बेलाको समाज, शिक्षा, स्वास्थ्य क्षेत्रको चित्रण पनि यसमा आउँछ ।

    काँठ क्षेत्रमा बसोबास भएको, हजुरबुबाको दरबारसम्म पहुँच भएको र खान लाउनको समस्या नभएको भएता पनि उच्च शिक्षा हासिल गर्ने क्रममा कस्ता ठक्कर खानपर्यो, कस्ता घात सहनपर्यो र अन्त्यमा कसरी एउटा मध्यम वर्गीय परिवारको केटो सर्वहाराको मुक्तिका लागि बुर्जुवा शिक्षालाई चटक्कै छाडी कम्युनिष्ट आन्दोलनमा होमियो र कसरी फेरि त्यही औपचारिक शिक्षा पुनः शुरु भयो भन्ने कुराले पुस्तकको एक चौथाइ भाग ओगटेको छ।

    विद्यावारिधी गर्ने क्रममा भाले र पोथी बाँदरका खाना र तिनका आनीबानी र शारीरिक बनोटसँग सम्बन्धित रहेर गरिएको अध्ययन नेपालमै पहिलो रहेको जानकारी सँगसँगै नेपालमा रेड पाण्डा, भालु बिरालो, डल्फिन आदिका बारे गरिएको अध्ययन अनुसन्धानबारेका रोचक घटनाहरू, अनुसन्धानका क्रममा रहँदा आइपरेका जीवनमरणका अवस्थाहरू बारे पुस्तकमा उल्लेख गरिएको छ।

    नेपालको प्राज्ञिक क्षेत्रमा अध्ययन, अनुसन्धान र बौद्धिक उन्नयनमा डा. चालिसेको महत्त्वपूर्ण योगदान रहेको प्रतित हुन्छ पुस्तक पढ्दा। जुन काममा लागे पनि आफूले सकेको, जानेको पूर्ण रूपमा पस्कन खोजेकै कारण सम्बन्धित क्षेत्रमा उल्लेख्य योगदान गर्न सकिने कुरा पनि महसुस हुन्छ लेखकका कुइनेटा पार गर्दाका अनुभव पढ्दा।

    पुस्तकका सम्बन्धमा टिप्पणी गर्ने क्रममा वरिष्ठ पत्रकार भैरव रिसालले भन्नुभएजस्तै बाल्यकालदेखि उच्च शिक्षा पढ्दै गर्दाको वयस्क बेला, पढ्दा पढ्दै राजनीतिमा होमिएर पुनः पढाइको निरन्तरता दिंदासम्मको अवस्था र अध्ययन, अनुसन्धानमा लागि प्राज्ञिक योगदान र उन्नयनको अवस्था गरी तीन भागमा कथिएको आत्मकथन सकारात्मक उर्जा प्रदान गर्ने खालको हुँदाहुँदै पनि हामी प्रत्येकको जीवनमा हुने सबै आयाम यस पुस्तकले नसमेटेको हो कि भन्ने यी पंक्तिका लेखकलाई लाग्यो।

    आत्मकथनमा आफूले गरेका गल्ती, भएका गरिएका पश्चाताप, पीडा, क्षमाभाव पनि निसङ्कोच र निष्पक्ष ढङ्गबाट आयो भने पाठकका लागि पनि यो सिकाइको विषय हुनसक्छ। आत्मकथन भनिएता पनि यात्रा संस्मरण जस्तो भयो भने पढ्न त रमाइलै हुन्छ, नयाँ ठाउँ, नयाँ समुदाय, नयाँ रीतिथितिबारे जानकारी हुन्छ तर जीवनदर्शनित्यसमा आउँदैन जुन यस पुस्तकमा अलिक कम छ। आत्मकथन भएकाले र व्यक्तिको गोपनियताको अधिकारको सम्मान गरिएका कारणले पनि होला उहाँको पारिवारिक जीवनका बारे बुझ्न पर्दा हजुरबुबा, बुवाबारे धेरै, आमाबारे केही प्रसंग आउँदा थोरै खल्लो महसुस हुन्छ। तथापि, काँठ क्षेत्रमा ११ पुस्तादेखि बस्दै आएको, राणा परिवार र दरबारका नजिक रहेको परिवारमा हुर्किएर बिस्तारै प्रगतिशील सोच र अभियानसँग आबद्ध भई अहोरात्र खटिई जनताका घरदैलो पुगी, संगठन बनाई, उनीहरूमा अन्याय र असमानताका विरुद्ध लड्ने चेत भरी एउटा आन्दोलनको निर्माण गर्न उहाँले गर्नुभएको योगदानलाई नजरअन्दाज गर्नु अन्याय हुनजान्छ जस्तो लाग्छ।वर्तमान अवस्थासम्म उहाँको राजनीतिक पृष्ठभुमिबारे अहिलेको युवापुस्ता अनभिज्ञ रहेपनि नेपालमा वन्यजन्तु, पर्यावरण, प्रकृति र संरक्षणको क्षेत्रमा अध्ययन, अनुसन्धानबाट उहाँले गर्नुभएको योगदान अतुलनीय रहेको महसुस भयो । मानिसले निरन्तर आफ्नो कर्म गर्न छाडेन भने जुनसुकै व्यक्ति, राजनीतिक दल सत्ता र शक्तिमा आएपनि, जतिसुकै निषेध गर्न खोजे पनि उक्त व्यक्तिको योगदान र कीर्ति चम्किएरै छाड्छ, अरूलाई उज्यालो दिएरै जान्छ। त्यसैले इमान्दार योगदान र निरन्तर कर्म गर्न उत्प्रेरणा दिने यो पुस्तक पठनीय रहेको यी पंक्तिका लेखकको ठम्याइ छ ।

    कास्की, पोखरा

    Twitter: @pramanunique

     

  • मैले छिचोलेका कुइनेटा
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ३%
    प्रतिक्रिया दिनुहोस
    विचार सम्बन्धि थप
  • जिल्ला कारागार चितवनमा ३० जना कैदीबन्दी त्रिपालमुनि

  • फिल्म ‘द ब्ल्यू लाइट’को नयाँ पोस्टरको केन्द्रमा बेनिशा

  • सुनचाँदीको मुल्य घट्यो, तोलामा कति पुग्यो ?

  • आज १२औं विश्व माटो दिवस मनाइदै

  • समाचार
  • १

    जिल्ला कारागार चितवनमा ३० जना कैदीबन्दी त्रिपालमुनि
    २०८२ मंसिर १९, शुक्रबार

  • २

    फिल्म ‘द ब्ल्यू लाइट’को नयाँ पोस्टरको केन्द्रमा बेनिशा
    २०८२ मंसिर १९, शुक्रबार

  • ३

    सुनचाँदीको मुल्य घट्यो, तोलामा कति पुग्यो ?
    २०८२ मंसिर १९, शुक्रबार

  • ४

    आज १२औं विश्व माटो दिवस मनाइदै
    २०८२ मंसिर १९, शुक्रबार

  • ५

    एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै
    २०८२ मंसिर १९, शुक्रबार

  • ६

    नारायणगढ–बुटवल सडककाे भौतिक प्रगति ७६ प्रतिशत
    २०८२ मंसिर १९, शुक्रबार

  • ७

    गण्डकी सहितका तीन प्रदेशमा बर्षाको सम्भावना
    २०८२ मंसिर १९, शुक्रबार

  • ८

    सौराहामा होटेलको छतबाट खसेर किशोरीको मृत्यु
    २०८२ मंसिर १८, बिहिबार

  • ९

    नलिन्चोक हेलिपोर्ट निर्माणमा भ्रष्टाचार, प्रदीप अधिकारीसहित ६ जना विरुद्ध मुद्दा दायर
    २०८२ मंसिर १८, बिहिबार

  • १०

    स्याङ्जामा कार दुर्घटना हुँदा ३ जना घाइते, एक जनाकाे अबस्था गम्भीर
    २०८२ मंसिर १८, बिहिबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    २

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ३

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ४

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ५

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ६

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ७

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ८

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution