२०८२ मंसिर १८, बिहिबार
गए राती करिब ११:१० बजे होटल पार्क साइटमा चारतला माथिबाट खसेकी सिन्धुलीकाे कमलामाई नगरपालिका–६ बस्ने १८ वर्षीया स्नेहा पाख्रिनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।
घुम्न सौराहा आएकी पाख्रिन गम्भीर घाइते भएपछि तत्कालै बकुलहर अस्पताल, टाँडीमा पुर्याइएको थियो। तर उनको उपचारकै क्रममा राति ११:४५ बजे मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ।
शवलाई पोष्टमार्टमका लागि भरतपुर सरकारी अस्पताल पठाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे