• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ भाद्र ४, बिहिबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

२०८३ श्रावण १०, आईतबार
२

श्रीमतीको हत्या गर्ने श्रीमानले गरे आत्महत्या

२०८३ श्रावण ७, बिहिबार
३

निर्माणाधीन सेफ्टी ट्याङ्कीभित्र फसेर तीन जनाको मृत्यु

२०८३ श्रावण १३, बुधबार
४

सिर्जना इङ्ग्लिस सेकेन्डरी बोर्डिङ स्कुलमा प्रथम त्रैमासिक परीक्षा सम्पन्न

२०८३ श्रावण ९, शनिबार
५

मलखाद बोकेको बोलेरो जीप दुर्घटना: एक जनाको मृत्यु

२०८३ श्रावण १४, बिहिबार
६

स्कुल बसको ठक्करबाट ७५ वर्षीया वृद्धाको मृत्यु

२०८३ श्रावण २७, बुधबार
७

१ लाख घुससहित गाउँपालिकाकाका सूचना प्रविधि अधिकृत पक्राउ

२०८३ श्रावण १९, मंगलबार
८

त्रिशूली नदीमा इभी भ्यान खस्दा चालक बेपत्ता

२०८३ श्रावण ९, शनिबार
९

गण्डकी सहितका चार प्रदेशमा भारी बर्षाको सम्भावना

२०८३ श्रावण ८, शुक्रबार
१०

यी प्रदेशका पहाडी र हिमाली भूभागमा भारी बर्षा हुने

२०८३ श्रावण १९, मंगलबार
११

मण्डला थिएटरमा ‘द एज अफ डार्कनेस’ मञ्चन

२०८३ श्रावण २८, बिहिबार
१२

ट्रकको ठक्करबाट एमाले नेत्री सापकोटाको मृत्यु

२०८३ भाद्र १, सोमबार

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता : गण्डकीका सबै जिल्लामा तयारी पूरा

नवलपुर अनलाइनप्रकाशित मिति: २०७९ आश्विन २५, मंगलबार

  • ३०४ पटक पढिएको
  • नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको असोज २८ गते औपचारिक रुपमा उद्घाटन हुने भनिए पनि प्रतियोगिता अन्तर्गत केही खेल भने सुरु भइसकेका छन् । खेल अन्तर्गत पुरुष क्रिकेट सम्पन्न भइसकेको छ भने महिला क्रिकेट आयोजनास्थल पोखरामा असोज २३ गतेदेखि सुरु भएको छ ।

    प्रतियोगिताकै महिला तथा पुरुषतर्फको ह्यान्डबल र फेन्सिङ सोमबारबाट सुरु भएको छ । प्रतियोगिताका लागि आएका खेलाडीको चहलपहलले यतिखेर पर्यटकीय नगरी पोखरा खेलमय बनेको छ । कूल ३६ खेलमा प्रतिस्पर्धा हुने राष्ट्रिय खेलकुदमा क्यानोनिङ र छेलोको प्रदर्शनी खेल समेत हुने जनाइएको छ । प्रतियोगिता हुने खेलमध्ये अधिकांश पोखरामा नै हुनेछन् भने अन्य गण्डकी प्रदेशका लमजुङ, मनाङ र मुस्ताङ बाहेकका सबै जिल्लामा हुनेछन् ।

    विसं २०३८ देखि सुरु भएको राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत २०४० मा दोस्रो राष्ट्रिय खेलकुद सम्पन्न गरेको पोखराले चार दशक पछि घरेलु मैदानमा खेल गराउने सौभाग्य पाएको हो । आठ हजार खेलाडीसहित अफिसियल, प्रशिक्षकसमेत गरी करिब १० हजार व्यक्ति सहभागी हुने प्रतियोगिता आगामी असोज २८ गते राष्ट्रपति विद्यादेवी भण्डारीले समुद्घाटन गर्ने कार्यक्रम रहेको छ । कात्तिक ३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका लागि कास्कीसहित तनहुँ, स्याङ्जा, पर्वत, गोरखा, नवलपुर, म्याग्दी र बाग्लुङमा खेलस्थल तोकिएको खेलमैदान व्यवस्थापन उपसमितिका संयोजक एवम् राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङले जानकारी दिए।

    गण्डकीका सबै जिल्लामा राष्ट्रिय खेलकुदअन्तर्गत कम्तीमा एक खेल खेलाउने भनिए पनि पूर्वाधार लगायतका कारण लमजुङ, मनाङ र मुस्ताङमा भने यस पटक कुनैपनि प्रतियोगिता हुनेछैनन् । सात वटा प्रदेशसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी तीन विभागीय र एक गैर आवासीय नेपाली संघ (एनआरएन) गरी कुल ११ टिमबीच प्रतिष्पर्धा हुनेछ । स्वर्ण ३९३, रजतः ३९३  र कास्य ६०० पदकाका लागि प्रतिष्पर्धा हुनेछ । खेलकुदअन्तर्गत एथलेटिक्स, महिला क्रिकेट र ब्याडमिन्टन  पोखरा रङ्गशालामा खेलाइनेछ । पुरुष फुटबल, टेनिस, बक्सिङ, भलिबल पुरुष, जिमन्याष्टिक, ह्याण्डबल पुरुष तथा महिला, सफ्ट टेनिस, स्क्वास र उसु प्रतियोगिता पोखरा रङ्गशालमा हुनेछ ।

    यसैगरी जुडो र ‘फुल कन्ट्याक्ट’ कराँते पोखराको प्रदर्शनी हल तथा शारीरिक सुगठन पोखरा सभागृहमा खेलाइने परिषद्ले जनाएको छ । पौडी पोखराका फिस्टेल एकेडेमी, हक्की महिला गण्डकी बोर्डिङ स्कुल, भारत्तोलन पोखरा उद्योग वाणिज्य सङ्घको सभाहल, गल्फ पोखरा हिमालयन गल्फ कोर्स, साइक्लिङ, ट्रायथोलन र प्याराग्लाइडिङ पनि पोखरामै हुनेछ । आर्चरी, फेन्सिङ पोखरा रङ्गशालमा हुनेछ । रग्बी भण्डारढिक खेल मैदान, कबड्डी महिला पुरुष दुवै रञ्जित पार्टी प्यालेस रानीपौवा, खोखो पोखरा रङ्गशालाभित्रको ह्याण्डबल एकेडेमीमा खेलाइने भएको छ । पोखरा र बाहिरका खेलमैदान राष्ट्रिय खेलकुदका लागि तयारी अवस्थामा रहेको संयोजक गुरुङले जानकारी दिए ।

    राससका वरिष्ठ सहायक समाचारदाता रामबहादुर थापाका अनुसार बाग्लुङमा आइटिएफ तेक्वान्दो प्रतियोगिता हुनेछ । सदरमुकामस्थित रामरेखा कर्भडहलमा सञ्चालन हुने सो खेलका लागि खेलस्थल सुधार, साजसज्जादेखि खेलाडीका लागि होटल व्यवस्थापनसम्मको काम भइरहेको छ । शनिबार विशेष समारोहमा प्रतियोगिता शुभारम्भ गरिने आइटिएफका केन्द्रीय सचिव एवम् बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले जानकारी दिए ।

    “प्रतियोगिता कात्तिक २ गतेसम्म चल्छ, मौसमले साथ दियो भने कभर्डहल बाहिर पनि खेल सञ्चालन गर्ने गरी तयारी भइरहेको छ”, उनले भने, “सात प्रदेश र तीन विभागीय टिमका गरी झण्डै तीन सय खेलाडी प्रतियोगितामा सहभागी हुँदैछन् ।” नगरप्रमुख वसन्तकुमार श्रेष्ठको संयोजकत्वमा गठित ५१ सदस्यीय प्रतियोगिता व्यवस्थापन समितिले व्यवस्थापकीय तयारीका कामलाई अघि बढाएको हो । गण्डकी प्रदेशका आइटिएफ प्रशिक्षक आकाशचन्द्र घर्तीमगरले प्रतियोगितामा एकल स्पाइरिङ, टिम स्पाइरिङ, एकल प्याट्रन र टिम प्याट्रनमा प्रतिस्पर्धा हुने बताए । विभिन्न उमेर र तौल समूहका खेलाडीले प्रतियोगितामा भाग लिनेछन् ।

    “गण्डकी प्रदेशबाट १४ पुरुष र ११ महिला खेलाडी भाग लिँदैछन्, खेलाडी अहिले बन्द प्रशिक्षणमा छन्”, प्रशिक्षक घर्तीले भने, “आठौँ राष्ट्रिय खेलकुदमा भन्दा यसपालि गण्डकीले नतिजा सुधार्ने अपेक्षा छ ।” नेपालगञ्जमा भएको आठौँ राष्ट्रिय खेलकुदमा गण्डकीले एक स्वर्ण र सात रजत पदक हात पारेको थियो । नवौँमा आइटिएफ तेक्वान्दोतर्फ २९ स्वर्ण, २९ रजत र ५८ कास्य पदकका लागि खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

    प्रतियोगिताको मुख्य आयोजनास्थल पोखरा भएपनि जिल्ला तहमासमेत खेलस्थल तय हुँदा स्थानीय खेल पदाधिकारी र खेलप्रेमी उत्साहित छन् । जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष लोकेन्द्र केसीले प्रतियोगिताले खेलसँगै जिल्लाको पर्यटन प्रवद्र्धनमा पनि सघाउ पुग्ने बताए । खेलाडीलाई नजिकका पर्यटकीय गन्तव्यस्थल घुमाउन समितिले सहजीकरण गर्ने उनको भनाइ छ । “राष्ट्रिय खेलकुदअन्तर्गतको प्रतियोगिता बागलुङमा आयोजना हुनु हाम्रा लागि महत्वको विषय हो, व्यवस्थापन र आतिथ्यतामा जिल्लाले कुशलता देखाउने मौका आएको छ”, उपाध्यक्ष केसीले भने, “देशभरबाट खेलाडी आउँदा जिल्लाको चिनारी बढ्छ, आन्तरिक पर्यटन प्रवद्र्धन हुन्छ ।”

    प्रदेशका अरु जिल्लालाई पनि राष्ट्रिय खेलकुद प्रतियोगिताको अपनत्व दिलाउन राष्ट्रिय खलेकुद परिषद्ले पोखरा बाहिरसमेत खेलस्थल छनोट गरेको हो । राससका दमौली समाचारदाता कृष्ण न्यौपानेका अनुसार जिल्लामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला बास्केटबल प्रतियोगिता हुँदैछ । व्यास नगरपालिका वडा नं १ निर्मल माध्यमिक विद्यालय प्राङ्गणमा रहेको बास्केटबल कोर्टमा सञ्चालन हुने खेलको आवश्यक तयारी पूरा भएको जिल्ला खेलकुद विकास समिति तनहुँले जनाएको छ ।

    खेल सञ्चालनका लागि खेलमैदान तयार भइसकेको खेलकुद विकास समितिका अध्यक्ष अनिल पाण्डेले जानकारी दिए । उनका अनुसार खेलमैदानमा रङ्गरोगन, सरसफाई गरिएको छ भने मैदान सम्याउनका लागि ढलान गर्ने कार्य गरिएको छ । यहाँ रहेको दुईवटा मैदानमा खेल सञ्चालन हुनेछ । “खेलमैदान तयार भइसकेको छ, खेलाडी राख्नका लागि होटलको व्यवस्थापन सकिएको छ,” पाण्डेले भने, “स्थानीय सरकार, टोलवासी, दमौलीवासी खेललाई भव्य रुपमा सम्पन्न गराउन आतुर छन् ।” खेलमैदान नजिक चेन्जिङ रुम, शौचालय तयार गरिएको छ । खेलका लागि खेलाडी, अफिसियल सहित एक सय ५६ जना दमौली आउनेछन् ।

    खेलाडी र अफिसियलका लागि होटल व्यवस्थापन राष्ट्रिय खेलकुद परिषद्ले गरिसकेको छ । “नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत एउटा खेल तनहुँमा हुनु तनहुँवासीको गौरवको विषय हो”, पाण्डेले भने । खेलकुदलाई सुरक्षितरुपमा सम्पन्न गराउन जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूसँग बैठक सम्पन्न भएको उनले जानकारी दिए । शान्ति सुरक्षालाई चुस्त बनाउन जिल्लास्थित प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरुबाट सहयोगको प्रतिबद्धता व्यक्त भएको उनले बताए ।

    खेलको उद्घाटनको दिन दमौली बजारमा हरेक घर अगाडी घडा राख्ने, व्यानर राख्ने निर्णय गरिएको छ । प्रतियोगिता सम्पन्न गराउनका लागि व्यास नगरपालिका, विभिन्न टोल विकास संस्था, बजारवासीले प्रतिबद्धता जनाएका छन् । परिषद्का सदस्य एवं खेलस्थल उपसमितिका संयोजक राजेश गुरुङसहितको टोलीले गत असोज ४ गते खेलमैदानको निरीक्षण गर्दै तनहुँमा महिला बास्केटबल खेल सञ्चालन गर्न सकिने निष्कर्ष निकालेको थियो ।

    राससका वालिङ समाचारदाता तोलाकान्त बगालेका अनुसार नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत स्याङ्जा जिल्लाको वालिङमा महिला फुटबल प्रतियोगिता हुनेछ । वालिङ नगरपालिका वडा नं ८ स्थित खेल मैदानमा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जिल्ला खेलकुद विकास समिति स्याङ्जाका अध्यक्ष गिरीबहादुर ९मोहन० गुरुङले जानकारी दिए । असोज २८ देखि कात्तिक ३ गतेसम्म नवौं राष्ट्रिय खेलकुदका कार्यक्रम हुने भएपनि महिला फुटबल भने एकदिनअघि असोज २७ गतेबाट सञ्चालन हुने भएको हो ।

    असोज २७ गते बिहीबारबाट प्रतियोगिता शुरु हुने भएपछि भोलिसम्ममा सबै खेलाडीहरु वालिङ आईसक्ने उनले जानकारी दिए । वालिङ आउने अफिसियल, प्रशिक्षक, खेलाडी सबैलाई होटल व्यवसायीहरूसँगको समन्वयमा आवाशको व्यवस्थापन मिलाईएको छ । वालिङमा रहेको खेलमैदानलाई जिल्ला समन्वय समितिको पहलमा विशेष गरी वालिङ नगरपालिकासहित जिल्लाका एघार वटै पालिकाहरूको सहयोगमा दुबो लगाइएको छ । प्रतियोगिताका लागि अहिले खेल मैदान ब्यवस्थित गर्ने, तारबार गर्ने, झण्डाहरू राख्ने लगायतका काम भइरहेको उनले जानकारी दिए ।

    राससका पर्वत समाचारदाता लक्ष्मीप्रसाद सापकोटाका अनुसार नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत पर्वत जिल्लामा सञ्चालन हुने कराँतेको तयारी पूरा भएको छ ।  खेल सञ्चालन हुने भवनको भौतिक पूर्वाधारको काम सम्पन्न हुने चरणमा रहेको पुगेको जिल्ला खेलकुद विकास समिति पर्वतका अध्यक्ष हर्कमान गुरुङले जानकारी दिए । त्यसैगरी खेलाडीहरूका लागि होटल बुकिङ्गको काम भैसकेको छ । प्रतियोगिताको अफिसियल टिम पर्वत आइपुगेर आवश्यक तयारीमा लागिरहेको उनले जानकारी दिए । प्रतियोगिता कुश्मा बजारको बगाउँस्थित जिल्ला खेलकुद विकास समितिको हलमा सञ्चालन हुने र अधिकांश तयारी पूरा भएको राम श्रेष्ठले जानकारी दिए ।

    करातेतर्फ चार प्रदेश तथा आर्मी, प्रहरी, सशस्त्र प्रहरी तथा एनआरएनएसहित ११ वटा टिमले प्रतिष्पर्धा गर्ने छन्  । प्रतियोगितामा ११ वटै टिमबाट ३२ जनाका दरमा करिब चार सय खेलाडी, हरेक टिमका दुई÷दुई जना कोच, राष्ट्रिय र अन्तर्राष्ट्रिय कोचसमेत गरी एक सय ३० जना अफिसियलको सहभागिता रहने जनाइएको छ । प्रतियोगितामा सहभागि हुने खेलाडीहरू भने असोज २८ गते कुश्मा आइपुग्ने र उनीहरूका लागि विभिन्न होटलहरूमा खान बस्नको व्यवस्था मिलाईएको आयोजकले जनाएको छ । त्यसैगरी खेलाडीलाई नेपालकै अग्ला र लामा पुलहरु, विश्वकै अग्लो बञ्जी, विश्वकै लामो सुपरम्यान शैलीको जीपलाईलगायतका पर्यटकीय स्थलहरूको दृश्यावलोकनको व्यवस्था पनि मिलाईएको छ ।

    पर्वत जिल्लामा हालसम्म राष्ट्रियस्तरका प्रतिष्पर्धा भएका छैनन । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको कराँते खेल पर्वतमा आयोजना हुँदा पर्वतको खेलकुद तथा पर्यटन क्षेत्रको बिकासमा ठूलो सहयोग पुग्ने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष हर्कमान गुरुङले बताए । म्याग्दी समाचारदाता सन्तोष गौतमका अनुसार नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दीको बेनीमा महिला भलिबल र तेक्वान्दोको प्रतिस्पर्धा हुँदैछ । जिल्ला खेलकुद विकास समितिले खेलमैदान निर्माण, मर्मत, खेलाडीको आवास र अभ्यास स्थलको व्यवस्थापन गरे पनि बजेट र खेल सामग्री नआएको जनाएको छ ।

    समितिका अध्यक्ष दिनेश केसीले राष्ट्रिय खेलकुद परिषद्ले बिनियोजन र पदाधीकारीले घोषणा गरेको बजेट समयमा जिल्लामा नपठाउँदा तयारीका साथै व्यवस्थापन गर्न समस्या भएको जानकारी दिए । भलिबल सञ्चालन हुने बेनीको खुल्ला मञ्च खेलमैदानमा दुई वटा भलिबलको कोर्ट निर्माण र प्याराफिट रङ्गरोगन गरिएको छ । बेनी नगरपालिकाले बनाएको खुल्लामञ्चको प्याराफिटमा रेलिङ हालेर रङ्ग लगाइएको छ ।

    राखेपले पहिलो चरणमा तयारीका लागि रु। पाँच लाख बजेट पठाउने घोषणा गरेपनि नपठाएको अध्यक्ष केसीले बताए । बेनी नगरपालिका लगायत जिल्लाका स्थानीय तह र समितिको आन्तरिक स्रोतबाट अहिलेसम्म तयारी गरेपनि राखेपबाट बजेट नआउँदा थप तयारी गर्न समस्या भएको छ । महिला भलिबलमा सहभागि हुने गण्डकी, बाग्मती प्रदेश, नेपाली सेना, शसस्त्र र नेपाल प्रहरीका खेलाडीहरू बेनीमा आइसकेका जिल्ला भलिबल संघ म्याग्दीका अध्यक्ष तेजेन्द्र बानियाले बताए । तेक्वान्दोका खेलाडीहरू २६ गतेसम्म बेनी आइपुग्ने समितिले जनाएको छ ।

    प्रतियोगितामा खेलाडी, प्रशिक्षक र व्यवस्थापनका लागि ११ वटा टिमका ६१७ जना म्याग्दीमा आउँदैछन् । होटल व्यवसायी संघको समन्वयमा खेलाडीलाई राख्ने होटल व्यवस्थापन भएको छ । बेनी नगरपालिकाको ७ र ८ नम्बर वडा कार्यालयले अतिथि सत्कार, सरसफाई, झाँकी प्रदर्शनीका लागि विभिन्न उपसमिति बनाएर तयारी गरेका छन् । गोरखा समाचारदाता दीपक श्रेष्ठका अनुसार नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत गोरखामा हुन लागेको बुद्धिचाल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । यहीँ असोज २७ गतेदेखि कात्तिक २ गतेसम्म गोरखा सदरमुकाम स्थित गोरखा क्याम्पसको हाताभित्र भित्र हुन लागेको प्रतियोगिताका लागि आवश्यक पूर्वाधार निर्माण लगायतका व्यवस्थापनका काम अन्तिम चरणमा पुगेको जिल्ला खेलकुुद विकास समितिका अध्यक्ष शान्तसिंह बस्न्यात जानकारी दिए । प्रतियोगितामा सहभागी हुने खेलाडी, अफिसियल तथा व्यवस्थापकका लागि होटल व्यवस्थापन, प्रतियोगिता हुने स्थानमा आबश्यक पूर्वाधार निर्माणको काम सम्पन्न भइसकेको उनले बताए ।

    कूल ११ टिमको सहभागिता हुने प्रतियोगितामा सात प्रदेशका सात टिम, तीन विभागीय टिम तथा एक गैर आवासीय सङ्घको टिमले भाग लिनेछन् । हरेक टिमबाट तीन महिला र तीन पुरुष गरी कूल ६६ जना तथा नेपालका नेशनल च्याम्पियन पुरुषतर्फका खेलाडी, महिलातर्फका राष्ट्रिय च्याम्पियन खेलाडी तथा उच्च वरियताका पुरुष खेलाडीको पनि प्रतियोगितामा सहभागिता रहने अध्यक्ष बस्न्यातले जानकारी दिए । त्यसबाहेक अफिसियल र व्यवस्थापकहरुको प्रतियोगितामा सहभागिता रहने उनले बताए । प्रतियोगिताको खेल तालिका भने प्राप्त हुन बाँकी रहेको उनको भनाइ छ ।

    कावासोती समाचारदाता राजु चापागाईका अनुसार पूर्वी नवलपरासीमा नवौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा पुगेको छ । जिल्लामा कुस्ती र सेपाताक्रोको प्रतियोगिता हुने र त्यसको तयारी तयारी अन्तिम चरणमा पुगेको जिल्ला खेलकुद विकास समिति नवलपुरका कार्यालय प्रमुख विष्णुलाल श्रेष्ठले जानकारी दिए । प्रतियोगिताको कुस्तीतर्फ एक सय ५८ र सेपाताक्रो तर्फ ८४ जना गरी दुई सय ४२ जना खेलाडीले भाग लिने उनले बताए । प्रतियोगिताको कुस्ती थारु राष्ट्रिय सङ्ग्रहालय डन्डा र सेपाताक्रो कावासोतिस्थित योङ्ग स्टार क्लबको कभर्डहलमा हुनेछ । असोज २९ गतेदेखि कात्तिक १ गतेसम्म खेल हुने जनाइएको छ ।

  • नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • सबै सरकारी निकायमा स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन

  • नवलपुरका व्यवसायीलाई चितवनका अस्पतालमा सहुलियत उपचार

  • देशका अधिकांश स्थानमा मेघगर्जनसहित बर्षा हुने

  • झुटा विवरण पेस गरी शिक्षक नियुक्ति लिएको आरोपमा दुई जनाविरुद्ध मुद्दा

  • समाचार
  • १

    सबै सरकारी निकायमा स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन
    २०८३ भाद्र ४, बिहिबार

  • २

    नवलपुरका व्यवसायीलाई चितवनका अस्पतालमा सहुलियत उपचार
    २०८३ भाद्र ४, बिहिबार

  • ३

    देशका अधिकांश स्थानमा मेघगर्जनसहित बर्षा हुने
    २०८३ भाद्र ४, बिहिबार

  • ४

    झुटा विवरण पेस गरी शिक्षक नियुक्ति लिएको आरोपमा दुई जनाविरुद्ध मुद्दा
    २०८३ भाद्र ३, बुधबार

  • ५

    भरतपुरमा स्थानीय पाठ्यक्रमले स्वीकृति पाएपछि पठनपाठन सहज
    २०८३ भाद्र ३, बुधबार

  • ६

    रासायनिक मलको कालोबजारी गरेको आरोपमा मुद्दा
    २०८३ भाद्र ३, बुधबार

  • ७

    देशका अधिकांश स्थानमा मेघगर्जनसहित बर्षा हुने
    २०८३ भाद्र ३, बुधबार

  • ८

    मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध
    २०८३ भाद्र २, मंगलबार

  • ९

    आज कल्की जयन्ती मनाइँदै, के छ महत्व?
    २०८३ भाद्र २, मंगलबार

  • १०

    देशका अधिकांश स्थानमा बर्षाको सम्भावना
    २०८३ भाद्र २, मंगलबार

  • नवलपुर बिशेष
    १

    रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

    नवलपुर अनलाईन
    २

    नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

    नवलपुर अनलाईन
    ३

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    ४

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ५

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ६

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ८

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution