• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ मंसिर ९, मंगलबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

सेन्ट्रल कलेजको बसको ठक्करबाट चितवनमा मोटरसाइकल चालकको मृत्यु , ३ जना घाइते

२०८२ मंसिर ४, बिहिबार
२

वर्ल्डलिंकले ल्यायो ‘सिक्सजी वाई-फाई’, स्पिड ४ गुणा फास्ट हुने

२०८२ कार्तिक २३, आईतबार
३

३६ जना प्रमुख जिल्ला अधिकारीको सरुवा (नामावलीसहित)

२०८२ कार्तिक ९, आईतबार
४

यी तीन प्रदेशमा आज बर्षा सहित हिमपातको सम्भावना

२०८२ कार्तिक १०, सोमबार
५

नवलपुरको अमलटारीघाट हुँदै चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारीको अनुमति

२०८२ कार्तिक १२, बुधबार
६

अस्ट्रेलिया सवारी दुर्घटनामा चितवनका एकै परिवारका ३ जनाको मृत्यु

२०८२ कार्तिक २७, बिहिबार
७

नारायणीमा खेलकुद महोत्सव : लन्डन ब्रिज चढेर दुबई सिटी हेर्न पाइने

२०८२ कार्तिक ९, आईतबार
८

गैंडाकोट नगरपालिकाले माग्यो “जनस्वास्थ्य अधिकृत” पदमा कर्मचारी

२०८२ कार्तिक १६, आईतबार
९

७३ वर्षीय टीकारामले कमाउछन् मौरीपालनबाट वार्षिक १५ लाख रुपैँया

२०८२ कार्तिक १९, बुधबार
१०

रुपन्देहीमा इभी गाडी दुर्घटना ३ जनाको मृत्यु , ४ जना गम्भीर

२०८२ कार्तिक १२, बुधबार
११

“नेपाल लेखक पुरस्कार २०२५” कार्यक्रम कात्तिक १५ गते काठमाडौंमा हुने

२०८२ कार्तिक १४, शुक्रबार
१२

प्रधानमन्त्रीद्धारा मन्त्रिपरिषद विस्तार, चार मन्त्रीको आजै शपथको तयारी

२०८२ कार्तिक ९, आईतबार

निर्वाचनको खर्च विवरण नबुझाए पद जाने

नवलपुर अनलाइनप्रकाशित मिति: २०७९ मंसिर १६, शुक्रबार

  • ५१० पटक पढिएको
  • आवधिक निर्वाचनअन्तर्गत तीन तहकै सरकारका लागि भएका निर्वाचन सकिएका छन्। निर्वाचन सकिए पनि यसको प्रक्रिया भने अझै कम्तीमा छ महिना जारी नै रहने छ। त्यो भनेको निर्वाचनलाई स्वच्छ बनाउने प्रक्रिया हो।

    निर्वाचन आयोग ऐन २०७३ को दफा २६ को उपदफा ५ ले निर्वाचन स्वच्छताको व्यवस्था गरेको छ। जसमा भनिएको छ, ‘निर्वाचन खर्च नबुझाएको र निर्वाचन आयोगले तोकेको समय सीमाभित्र जरिवानासमेत नबुझाउने व्यक्ति निर्वाचित भएको रहेछ भने निजको निर्वाचन स्वतः बदर हुनेछ।’ निर्वाचित जनप्रतिनिधिहरू पनि ऐनको यो व्यवस्थाबारे अनभिज्ञ नहोलान् तर त्यसको पालनामा भने अधिकांश निर्वाचित जनप्रतिनिधि चुक्ने गरेका छन्।

    स्थानीय तहमा उम्मेदवार रहेका जनप्रतिनिधिका आकाङ्क्षी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पनि उम्मेदवार रहे। तीमध्ये अधिकांशले स्थानीय तहमा उम्मेदवार हुँदाको खर्च विवरण समयमा नबुझाएका कारण उम्मेदवारी नै खारेज हुने भएपछि जरिवाना तिरे पनि नबुझाउने अझै धेरै छन्। त्यस्ता निर्वाचितको पद नै जाने र ती स्थानमा उपनिर्वाचन हुने व्यवस्था ऐनको हो। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ऐनको उक्त दफा प्रतिनिधि तथा प्रदेश सभा सदस्यमा निर्वाचित भएकालाईसमेत लागू हुने बताउनुभयो।

    निर्वाचन आयोगले आमनिर्वाचन २०७९ को अन्तिम परिणाम सार्वजनिक नहुँदै गत सोमबार तोकिएको समय सीमाभित्रै निर्वाचन खर्च बुझाउन उम्मेदवारलाई सचेत गराइसकेको छ। यस प्रकारको सचेतना आयोगले स्थानीय निर्वाचनपछि पनि बारम्बार गराएको थियो तर समयमै निर्वाचन खर्च नबुझाएका एक लाख २३ हजार ७८३ उम्मेदवार आयोगको कारबाहीमा परे।

    प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा ११ हजार ५४३ जना उम्मेदवार छन्। अधिकांश निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ। आयोग ऐनअनुसार उम्मेदवारले आफ्नो क्षेत्रको मतपरिणाम सार्वजनिक भएको मितिले ३५ दिनभित्र जिल्ला निर्वाचन कार्यालयमा निर्वाचन खर्च विवरण बुझाउनु पर्नेछ तर जिल्ला निर्वाचन कार्यालयहरूका अनुसार मङ्सिर ६ गतेदेखि नै परिणाम आउन सुरु भए पनि यसबीचमा निर्वाचन खर्च बुझाउने उम्मेदवारको सङ्ख्या थोरै मात्र छ।

    आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका प्रमुख एवं सहसचिव यज्ञप्रसाद भट्टराईले भन्नुभयो, “लेखापरीक्षकको प्रतिवेदनका आधारमा राजनीतिक दल वा उम्मेदवारले अस्वभाविक खर्च गरेको देखिएमा त्यस्तो राजनीतिक दल वा उम्मेदवारलाई त्यसरी गरेको खर्च बराबरको रकम वा पाँच लाख रुपियाँमध्ये जुन बढी हुन्छ, सो बराबरको रकम जरिवाना गर्न सक्नेछ।”

    प्रतिनिधि सभा सदस्यले २५ लाखदेखि ३३ लाख रुपियाँसम्म खर्च गर्न पाउने व्यवस्था छ। यसैगरी प्रदेश सभा सदस्यले १५ लाखदेखि २३ लाखसम्म खर्च गर्न पाउनेछन्। ऐनको उक्त दफाबमोजिम उम्मेदवारले निर्वाचन खर्च नबुझाएको अवस्थामा सोहीबमोजिम जरिवाना तिर्नुपर्ने देखिन्छ।

    प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारले गर्ने खर्चको अनुगमन गर्न आयोगले निर्वाचनको पूर्वसन्ध्यामा नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई समेत आग्रह गरेको थियो। आयोगका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले राजनीतिक दल वा उम्मेदवारले गरेको खर्च मुनासिव नदेखिने अवस्थामा लेखापरीक्षण गराउन सक्ने बताउनुभयो।

    स्थानीय निर्वाचनमा उम्मेदवारलाई जरिवाना तोकिसकेको आयोगमाथि प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा उक्त अभ्यासलाई निरन्तरता दिनुपर्ने दबाब हुनेछ। आयोग ऐनकै दफालाई टेक्दा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको समानुपातिकतर्फ ३६९ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाइयो। नाम हटाइएकाहरू स्थानीय निर्वाचनमा उम्मेदवार थिए तर आयोगले तोकेको समय सीमाभित्र निर्वाचन खर्च बुझाएनन्, न त आयोगले तोकेको जरिवाना नै बुझाए।

    ऐनबमोजिम छ महिनासम्म जरिवाना नबुझाउने राजनीतिक दल वा उम्मेदवारलाई आयोगले तत्कालैदेखि लागू हुनेगरी बढीमा छ वर्षसम्म कुनै पनि निर्वाचनमा भाग लिन रोक लगाउन वा उम्मेदवार हुन अयोग्य घोषित गर्न सक्नेछ। स्थानीय निर्वाचनका ३६९ उम्मेदवारको हकमा उक्त दफा आकर्षित भयो। आयोग पदाधिकारीको साउन ३१ गतेको बैठकले मतपरिणाम सार्वजनिक भएको ३५ दिनभित्र निर्वाचन खर्च नबुझाउने उम्मेदवारको सूची सार्वजनिक गरेको थियो र छ महिनाभित्र जरिवाना बुझाउन आग्रह गरेको थियो। जसअनुसार निर्वाचित पदाधिकारी तथा सदस्यले माघभित्र जरिवाना तिर्नुपर्ने छ। कानुन महाशाखाका प्रमुख भट्टराईले भन्नुभयो, “छ महिनाभित्र जरिवाना नबुझाए आयोगले निर्णय गरेपछि ती पदमा पुनः निर्वाचन हुनेछ।”

    ७० प्रतिशतले तिरेनन् जरिवाना 

    ऐनमा यस प्रकारको कठोर व्यवस्था भए पनि स्थानीय तहका ७० प्रतिशतभन्दा बढी निर्वाचित पदाधिकारीले जरिवाना तिरेका छैनन्। यो सङ्ख्या २४ हजार ४८ जना निर्वाचितको हो। स्थानीय निर्वाचनबाट ३५ हजार २२१ जना निर्वाचित हुनुपर्नेमा दलित सदस्यमा केही स्थान रिक्त रहन गयो।

    जरिवाना नतिरेका स्थानीय तहका उम्मेदवारले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा उम्मेदवार हुन नपाउने भएपछि केहीले जरिवाना बुझाएका छन्। आयोगको आर्थिक प्रशासन महाशाखाका अनुसार १३० जना उम्मेदवारले जरिवाना बुझाएका छन्। जसबाट करिब चार करोड ३७ लाख १५ हजार रुपियाँ राजस्व असुल भएको छ। उम्मेदवारी दिए पनि निर्वाचित हुन नसकेका करिब ९९ हजारले जरिवाना बुझाएका छैनन्।

    ऐन संशोधन आवश्यक

    संसद्बाट पारित भएको ऐन कार्यान्वयनमा जाँदा राजनीतिक दलले नै आपत्ति जनाउँदै आएका छन्। आफैँ वा आफ्ना प्रतिनिधिले पारित गरेको ऐन कार्यान्वयन गर्दा आयोगले दुःख दिन खोजेको राजनीतिक दलको बुझाइ छ। आयोगले भने विकल्प भए सुझाउन आग्रह गरे पनि राजनीतिक दलका प्रतिनिधिको सुझावअनुसार नै कारबाही रोक्ने स्थितिमा देखिन्न।

    आमनिर्वाचनका लागि आचारसंहिताको मस्यौदालाई अन्तिम रूप दिन छलफलमा बोलाउँदा राजनीतिक दलका प्रतिनिधिले खर्च नबुझाउने स्थानीय निर्वाचनका उम्मेदवारलाई जरिवाना तिर्नुपर्ने कठोर निर्णय गरेको भन्दै आयोगको आलोचना गरे।

    प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भने सार्वभौम संसद्ले बनाएको ऐनलाई नै टेकेर यस प्रकारको कारबाही गरिएको स्पष्ट गर्नुभयो। आयोगका उपन्यायाधिवक्ता वाग्लेले “ऐन संशोधन नगरी आयोगको काम–कारबाही रोक्न नसकिने” तर्क गर्नुभयो।  गोरखापत्रबाट

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    निर्वाचन अपडेट सम्बन्धि थप
  • फिल्म ‘परालको आगो’ बैशाख ११ गतेदेखि प्रदर्शनमा आउने

  • चितवनमा ४ महिनामा सवारी दुर्घटनामा परि २९ जनाको मृत्यु

  • आज विवाह पञ्चमी, कस्तो छ पौराणिक महत्व ?

  • एनपीएलमा आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सबीच खेल हुँदै

  • समाचार
  • १

    फिल्म ‘परालको आगो’ बैशाख ११ गतेदेखि प्रदर्शनमा आउने
    २०८२ मंसिर ९, मंगलबार

  • २

    चितवनमा ४ महिनामा सवारी दुर्घटनामा परि २९ जनाको मृत्यु
    २०८२ मंसिर ९, मंगलबार

  • ३

    आज विवाह पञ्चमी, कस्तो छ पौराणिक महत्व ?
    २०८२ मंसिर ९, मंगलबार

  • ४

    एनपीएलमा आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सबीच खेल हुँदै
    २०८२ मंसिर ९, मंगलबार

  • ५

    आज अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस मनाइदै
    २०८२ मंसिर ९, मंगलबार

  • ६

    देशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली हुने
    २०८२ मंसिर ९, मंगलबार

  • ७

    हेर्नुहोस् आज मंसिर ९ गते मंगलबारको दैनिक राशिफल
    २०८२ मंसिर ९, मंगलबार

  • ८

    मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा
    २०८२ मंसिर ८, सोमबार

  • ९

    एनपीएलमा सुदूरपश्चिमको लगातार तेस्रो जित, कर्णालीको लज्जास्पद हार
    २०८२ मंसिर ८, सोमबार

  • १०

    रास्वपाका काठमाडौँ जिल्ला सभापति बिष्टले फिर्ता लिए राजीनामा
    २०८२ मंसिर ८, सोमबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    २

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ३

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ४

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ५

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ६

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ७

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ८

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution