काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टका अनुसार “TRAFFIC COMMUNICATION APPLICATION” मा शुरुको गन्तव्यमै सवारी चालकको फोटो, सवारी चालक अनुमति पत्रको नम्बर र सवारी साधनको नम्बर अपलोड गरेपछि नागढुंगा नाकासहित सातै प्रदेशका १५ (पन्ध्र) स्थानमा रहेको चेक प्वाइन्टमा डाटा सर्कुलर हुन्छ ।
जसका आधारमा चालक फेरबदल भए-नभएको एकिन गर्ने गरिन्छ । २०७५ माघ २८ गतेबाट शुरु भएको यो चेकिङ केही समय, संचालन पछि कोभिड लगायत अन्य विविध कारणले रोकिएकोमा पुन: असोज ३१ गतेबाट शुरुवात गरिएको हो । जसपश्चात २ महिनाको अवधिमा ४१ वटा सवारी साधनका चालक कारवाहीमा परेका हुन् ।रातोपाटीबाट
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे