२०८२ अषाढ २९, आईतबार
कुनै कार्यक्रम नगरी चार लाख रूपैयाँ भुक्तानी भएपछि यो कुरा बाहिरिएको हो। गाउँपालिका उपाध्यक्ष पार्वती सिंहले एकलौटी आफ्ना कार्यकर्तालाई कार्यक्रम दिएर बिल मिलाई चार लाख रूपैयाँ स्वाहा गरेको स्थानीयले बताएका छन्।
गाउँपालिका उपाध्यक्ष पार्वती सिंहका अनुसार आफ्नो कोषबाट नभई गाउँपालिकाको अघिल्लो वर्षको भुक्तानी लिन बाँकी रकम रहेको बताइन्। उनले आफ्नो पालिकाका मान्छे भएकाले कार्यक्रम र्गन बजेट छुट्ट्याइएको तर कार्यक्रम पनि उनीहरूले गरेको बताइन्। उनले तिला कर्णाली कम्प्युटर ट्रेनिङ सेन्टरलाई जिम्मा दिइएको बताइन्।
कार्यक्रम गर्न सुनिल शाही, मिनराज न्यौपाने र वसन्त विष्टले प्रस्ताव गरेको र पालिकाले बजेट छुट्ट्याई कार्यक्रम नगरी रकम बिल मिलाएको पाइएको छ। तीन जनाको सहकार्यमा कार्यक्रम चलाउने भन्दै कार्यक्रम पारिएको थियो। अहिले एकैजनाले सबै रकम भुक्तानी गरेर लगेपछि विवाद भएको छ।
गाउँपालिका अध्यक्ष महेस केसीका अनुसार गाउँपालिकाले कसरी भुक्तानी गरेको हो भन्ने आफूलाई थाहा नभएको बताए। गाउँपालिकामा यो वर्ष यस्तो कार्यक्रमका लागि बजेट नभएकाले अघिल्लो असारको भुक्तानी गरेको हुन सक्ने बताए।
कुनै कार्यक्रम नगरी चार लाख रूपैयाँ भुक्तानी गरेर एकैजनाले लगेपछि प्रहरीमा समेत मुद्दा परेको छ। आफ्ना कार्यकर्ता रिझाउन पालिकामा कार्यक्रम नगरी फर्जी बिल र फर्जी विद्यार्थी संख्या राखी कार्यक्रम सकिएको डकुमेन्ट तयार गरिएको छ।
गत वर्षको भुक्तानी गर्न बाँकी रकमको बिल मिलाएर कार्यक्रम नगरी डकुमेन्ट राखेर आफूकहाँ आएकाले आफूले भुक्तानी गरी दिएको निमित्त कार्यकारी तेत्रराज शाहीले बताए। उनले भने-उपाध्यक्षमार्फत आएको कार्यक्रम हुनाले यो विषयमा कार्यक्रम गरेको प्रमाणपत्रसमेत गाउँपालिकामा पेस भएको बताए।
पालिकाले कार्यपालिकाको निर्णयबाट अनुमोदन गरेर टिप्पणीसमेत उठाएर लेखामा भुक्तानी दिनका लागि पठाएपछि लेखाले भुक्तानी गरेको लेखाशाखाले जनाएको छ। नागरिक दैनिकबाट
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे