२०८२ अषाढ २९, आईतबार
कार्यक्रममा बोल्दै सिलवालले सुशासन कायम गर्न, अस्वस्थ प्रतिस्पर्धा नगर्न र पारदर्शीरुपमा काम गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएका हुन् । साथै बीमा सर्भेयरहरुले समयमा नै प्रतिवेदन बुझाउनुपर्ने, एउटै सर्भेयरसँग धेरै फाइलहरु थन्किएर रहने अवस्था हटाउनुपर्ने र बीमा कम्पनीहरुले समयमै सर्भेयर शुल्क भुक्तानी गर्नुपर्ने बताए ।
बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा ऐन बमोजिम एक कम्पनी एक अभिकर्ताको व्यवस्था कार्यान्वयनमा आएको र अभिकर्ताको परीक्षा अनलाइनबाट हुने व्यवस्था गरिएको जानकारी दिए ।
कार्यक्रममा सहभागी सर्भेयरहरुले सर्भेयरको परिक्षा, बर्गीकरण तथा संस्थागत योग्यताको व्यवस्था, सर्भेयर शुल्क, सर्भेयर पेशाको भविष्य, सर्भेयर पेशाप्रतिको आकर्षण लगायतका विषयमा जिज्ञासा राखेका थिए ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक पूजन ढुंगेल (अधिकारी), प्राधिकरणको गण्डकी प्रदेश कार्यालयका प्रमुख केशव प्रसाद दाहाल, प्राधिकरणका सहायक निर्देशक केदारनाथ भट्ट, निप्सका पदाधिकारी, बीमा कम्पनीका केन्द्रीय कार्यालय र प्रदेश तथा शाखा कार्यालयका पदाधिकारीहरु, बीमा सर्भेयर, बीमा अभिकर्ता लगायतको सहभागिता रहेको थियो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे