• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ मंसिर १०, बुधबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

सेन्ट्रल कलेजको बसको ठक्करबाट चितवनमा मोटरसाइकल चालकको मृत्यु , ३ जना घाइते

२०८२ मंसिर ४, बिहिबार
२

वर्ल्डलिंकले ल्यायो ‘सिक्सजी वाई-फाई’, स्पिड ४ गुणा फास्ट हुने

२०८२ कार्तिक २३, आईतबार
३

यी तीन प्रदेशमा आज बर्षा सहित हिमपातको सम्भावना

२०८२ कार्तिक १०, सोमबार
४

नवलपुरको अमलटारीघाट हुँदै चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारीको अनुमति

२०८२ कार्तिक १२, बुधबार
५

अस्ट्रेलिया सवारी दुर्घटनामा चितवनका एकै परिवारका ३ जनाको मृत्यु

२०८२ कार्तिक २७, बिहिबार
६

गैंडाकोट नगरपालिकाले माग्यो “जनस्वास्थ्य अधिकृत” पदमा कर्मचारी

२०८२ कार्तिक १६, आईतबार
७

७३ वर्षीय टीकारामले कमाउछन् मौरीपालनबाट वार्षिक १५ लाख रुपैँया

२०८२ कार्तिक १९, बुधबार
८

“नेपाल लेखक पुरस्कार २०२५” कार्यक्रम कात्तिक १५ गते काठमाडौंमा हुने

२०८२ कार्तिक १४, शुक्रबार
९

रुपन्देहीमा इभी गाडी दुर्घटना ३ जनाको मृत्यु , ४ जना गम्भीर

२०८२ कार्तिक १२, बुधबार
१०

यी तीन प्रदेशमा बर्षा सहित हिमपातको सम्भावना

२०८२ कार्तिक १७, सोमबार
११

नवलपुरको सुन्तला बारीमै ६० रुपैँया किलोमा बिक्रि

२०८२ कार्तिक १४, शुक्रबार
१२

बाक्लो हिमपातले खुम्बु क्षेत्रको जनजीवन प्रभावित

२०८२ कार्तिक ११, मंगलबार

देशले आज चौथो कार्यकालका लागि तेस्रो राष्ट्रपति पाउँदै

नवलपुर अनलाइनप्रकाशित मिति: २०७९ फागुन २५, बिहिबार

  • २६४ पटक पढिएको
  • काठमाडौं । गणतन्त्र स्थापनापछि देशले आज (बिहीबार) चौथो कार्यकालका लागि तेस्रो राष्ट्रपति पाउँदै छ । निर्वाचन आयोगले राष्ट्रपति चयन गर्ने प्रक्रियाका लागि सबै तयारी पूरा गरेको छ ।

    आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाका अनुसार नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा राष्ट्रपति चयन गर्न आज बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदानको कार्यक्रम तय गरिएको छ । मतदानलगत्तै साँझसम्म गणना सकेर निर्वाचित राष्ट्रपतिलाई आयोगले प्रमाणपत्र तत्कालै दिने प्रमुख आयुक्त थपलियाले जानकारी दिए ।

    ‘बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ,’ आयोगका प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, ‘मतदानपछि साँझसम्म गणना सकेर निर्वाचित राष्ट्रपतिलाई आयोगले तत्कालै प्रमाणपत्र दिनेगरी तयारी गरेका छौं ।’

    निर्वाचनमा संघीय संसद्का ३ सय ३२ र प्रदेशसभा सदस्य ५ सय ५० गरी ८ सय ८२ जना मतदाता कायम भएका छन् । मतदानका लागि प्राविधिक, जनशक्ति र अन्य व्यवस्थापकीय सम्पूर्ण तयारी पूरा भएको निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जानकारी दिए । निर्वाचनमा संघीय सांसदको एक मतबराबर ७९ र प्रदेशसभा सदस्यको एक मतबराबर ४८ मतभार कायम गरिएको निर्वाचन आयोगले जनाएको छ ।

    – नयाँ राष्ट्रपतिको शपथ र पुरानो राष्ट्रपतिको बिदाइ २९ फागुनमा

    – मतदान आज, गणना आजै

    राष्ट्रपति पदको निर्वाचनमा आठदलीय गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका तर्फबाट उपाध्यक्ष सुभाषचन्द्र नेम्वाङ उम्मेदवार छन् । उनीहरू दुवै जना पूर्वसभामुखसमेत हुन् ।

    निर्वाचन अधिकृतको कार्यालयले दिउँसो ३ बजे मतदान कार्य सम्पन्न भएसँगै मतगणना कार्य सुरु गर्ने र साँझसम्म परिणाम घोषणा गर्ने तयारी गरेको छ । त्यसपछि आयोगले निर्वाचित हुने उम्मेदवारलाई राष्ट्रपतिमा निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्नेेछ भने आयोगले भोलि (शुक्रबार) राष्ट्रपति कार्यालयलाई नयाँ राष्ट्रपति निर्वाचित भएको प्रतिवेदन बुझाउनेछ ।

    उच्च स्रोतका अनुसार नयाँ राष्ट्रपतिलाई साइत हेरेर राष्ट्रपति कार्यालयले २९ फागुनमा पद तथा गोपनीयताको शपथ गराउने तयारी गरेको छ । राष्ट्रपति कार्यालयले नवनिर्वाचित राष्ट्रपतिको पदभार र कार्यकाल सकिएर बिदा हुने राष्ट्रपति विद्यादेवी भाण्डारीको बिदाइ एकै दिन गर्नेगरी २९ फागुनको मिति तय गरेको स्रोतले जानकारी दिएको हो । वर्तमान राष्ट्रपति भण्डारीको कार्यकाल २८ फागुनसम्म कायम हुने भएपछि २९ फागुनमा नयाँ राष्ट्रपतिलाई शपथ गराइने तयारी भएको हो ।

    संविधानमा उल्लेख भएको व्यवस्थानुसार राष्ट्रपतिलाई प्रधानन्यायाधीशले पद तथा गोपनीयताको शपथ गराउनेछन् । जसअनुसार नयाँ राष्ट्रपतिलाई कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पद तथा गोपनीयताको शपथ गराउनेछन् ।

    संविधानको धारा ७१ मा ‘राष्ट्रपति र उपराष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नुअघि संघीय कानुुनबमोजिम राष्ट्रपतिले प्रधानन्यायाधीशसमक्ष र उपराष्ट्रपतिले राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्नेछ’ भनिएको छ ।

    राष्ट्रपति पदमा कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाले गठबन्धन गर्दै पौडेललाई साझा उम्मेदवार बनाएका हुन् । एमालेले भने एक्लै नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाएको हो ।

    संसदीय अंकगणितका हिसाबबाट राष्ट्रपतिमा आठदलीय गठबन्धनसँग सुविधाजनक मतभार छ । गठबन्धन पक्षधर उम्मेदवारका पक्षमा प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभामा गरी ३१ हजार ९ सय ७८ मतभार छ । एमालेका पक्षमा भने प्रतिनिधिसभा, राष्ट्रिय सभा तथा प्रदेशसभामा गरी कुल १६ हजार २ सय २१ मतभार देखिन्छ ।

    कांग्रेससँग प्रतिनिधिसभामा ६ हजार ९ सय ५२ मतभार छ । यसैगरी, राष्ट्रिय सभामा ८ सय ६९ मतभार छ । कांग्रेससँग कोसी प्रदेशमा १ हजार ३ सय ९२, मधेस प्रदेशमा १ हजार ५६, बाग्मतीमा १ हजार ७ सय ७६, गण्डकीमा १ हजार २ सय ९६, लुम्बिनीमा १ हजार २ सय ९६, कर्णालीमा ६ सय ७२ सुदूरपश्चिममा ९ सय १२ गरी जम्मा १६ हजार २ सय २१ मतभार छ । संघ र प्रप्रदेशमा गरी कांग्रेससँग एमालेभन्दा बढी मतभार छ ।

    एमालेसँग प्रतिनिधिसभामा ६ हजार १ सय ६२, राष्ट्रिय सभामा १ हजार ३ सय ४३, कोसी प्रदेशमा १ हजार ९ सय २०, मधेसमा १ हजार १ सय ४, बाग्मतीमा १ हजार २ सय ९६, गण्डकीमा १ हजार ५६, लुम्बिनीमा १ हजार ३ सय ९२, कर्णालीमा ४ सय ८०, सुदूरपश्चिममा ४ सय ८० गरी जम्मा १५ हजार २ सय ३३ मतभार छ ।

    यसैगरी, माओवादी केन्द्रसँग प्रतिनिधिसभामा २ हजार ५ सय २८, राष्ट्रिय सभामा १ हजार २ सय ६४, कोसीमा ६ सय २४, मधेसमा ३ सय ४८, बाग्मतीमा १ हजार ८, गण्डकीमा ३ सय ६६, लुम्बिनीमा ४ सय ३२, कर्णालीमा ६ सय २४ र सुदूरपश्चिममा ५ सय २८ गरी कुल ७ हजार ७ सय ५८ मतभार छ ।

    यस्तै, नेकपा एकीकृत समाजवादीसँग संघ र प्रदेशमा गरी २ हजार ६ सय २२ मतभार छ । यस्तै, जसपासँग २ हजार १ सय ४५, लोसपासँग ९ सय ७१, नागरिक उन्मुक्ति पार्टीसँग ८ सय १३, जनमतसँग १ हजार २ सय ४२ र राष्ट्रिय जनमोर्चासँग २ सय ६ मतभार छ । यसैगरी, संघ र प्रदेशमा गरेर स्वतन्त्र सांसदको मतभार १ हजार ५० छ ।

    यसैबीच, राप्रपाको बुधबार बसेको कार्यसम्पादन समितिको बैठकबाट राष्ट्रपति निर्वाचनमा उम्मेदवार बनेका दुवै जना तटस्थ हुन नसक्ने भन्दै निर्वाचनमा मतदान नगर्ने निर्णय गरिसकेको छ । राप्रपासँग संघ र प्रदेशमा गरी २ हजार ४ सय ५० मतभार छ । त्यस्तै, यसअघि सरकारमा सामेल राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रपतिमा कसलाई सघाउने भन्ने ’bout निर्णय गर्न सकेको छैन । सो दलको आजै बिहान बैठक बस्दै छ । राष्ट्रिय स्वतन्त्र पार्टीसँग प्रतिनिधिसभामा सदस्य रहेका १९ सदस्यको कुल १ हजार ५ सय १ मतभार छ । रास्वपाले सरकारलाई दिएको समर्थन भने कायम राखेको छ । राजधानी दैनिकबाट

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • यातायात कार्यालय चितवनबाट लाइसेन्स नवीकरण र प्रमाणीकरणको काम सुरु

  • जेनजी आन्दोलनका क्रममा चितवनमा आगजनी गर्ने ४३ जना पक्राउ

  • नवलपुरमा छोराको कुटपिटबाट बुबाको मृत्यु

  • एनपीएलमा आज विराटनगर र चितवन भिड्दै

  • समाचार
  • १

    यातायात कार्यालय चितवनबाट लाइसेन्स नवीकरण र प्रमाणीकरणको काम सुरु
    २०८२ मंसिर १०, बुधबार

  • २

    जेनजी आन्दोलनका क्रममा चितवनमा आगजनी गर्ने ४३ जना पक्राउ
    २०८२ मंसिर १०, बुधबार

  • ३

    नवलपुरमा छोराको कुटपिटबाट बुबाको मृत्यु
    २०८२ मंसिर १०, बुधबार

  • ४

    एनपीएलमा आज विराटनगर र चितवन भिड्दै
    २०८२ मंसिर १०, बुधबार

  • ५

    आज यी तीन प्रदेशमा आंशिक बदली हुने
    २०८२ मंसिर १०, बुधबार

  • ६

    स्थानीय तहमा सार्वजनिक खरिदमा मनपरी, झण्डै २० हजार उजुरी दर्ता
    २०८२ मंसिर ९, मंगलबार

  • ७

    फिल्म ‘परालको आगो’ बैशाख ११ गतेदेखि प्रदर्शनमा आउने
    २०८२ मंसिर ९, मंगलबार

  • ८

    चितवनमा ४ महिनामा सवारी दुर्घटनामा परि २९ जनाको मृत्यु
    २०८२ मंसिर ९, मंगलबार

  • ९

    आज विवाह पञ्चमी, कस्तो छ पौराणिक महत्व ?
    २०८२ मंसिर ९, मंगलबार

  • १०

    एनपीएलमा आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सबीच खेल हुँदै
    २०८२ मंसिर ९, मंगलबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    २

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ३

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ४

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ५

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ६

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ७

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ८

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution