२०८२ बैशाख ३०, मंगलबार
शनिबार बिहान पूर्वपश्चिम राजमार्ग अन्तर्गत मिथिला नगरपालिका–३ हरिहरपुरमा एक आपसमा ट्रक ठोक्किँदा तीनको मृत्यु भएको छ भने एकजना घाइते हुन पुगेका छन् ।
ना.६ ख ६५७८ नम्बरको ट्रक र विपरित दिशाबाट जाँदै गरेको प्रदेश १. ०१–००१ख ९२९२ नम्बरको ट्रक एकआपसमा ठोक्किएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।
उनका अनुसार सो ट्रकमा सवार अर्का एकजनालाई घाइते अवस्थामा उद्धार गरिएको छ, घाइतेको ढल्केवर हस्पिटलमा उपचार भइरहेको छ । मृतकको अझै पहिचान खुल्न सकेको छैन् ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे