२०८१ जेष्ठ ६, आईतबार
काठमाडौँ । उपनिर्वाचन २०८० अन्तर्गत चितवन–२, बारा–२ र तनहुँ १ को मतदान सामान्यतया शान्तिपुर्ण रुपले सम्पन्न भएको छ । तीनवटै निर्वाचन क्षेत्रमा बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म सम्पन्न भएको हो ।
मतदानको क्रममा केहि सामान्य विवाद भएपनि समग्रमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको निर्वाचन आयोगले बताएको छ ।
आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार यकिन तथ्यांक प्राप्त भैनसकेपनि चितवन र बारामा ६० प्रतिशतको हाराहारीमा मतदान भएको छ भने तनहुँमा ५५ प्रतिशतको हाराहारीमा मतदान भएको छ ।
मतदान सम्पन्न भए संगै सबै निर्वाचन क्षेत्रमा सर्वदलिय सहमतिमा मतगणना सुरु हुने बताइएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे