२०८१ बैशाख २१, शुक्रबार
काठमाडौँ । न्यूनतम पारिश्रमिक निर्धारण समितिले पत्रकारहरुको न्युनतम तलब बढाउन सरकारलाई सिफारिस गरेको छ ।
आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई समितिकी अध्यक्ष संगीता खड्का सहितका सदस्यहरुले भेटेर चौथो तहको पत्रकारको न्यूनतम तलब ३४ हजार १ सय २४ बनाउन प्रस्ताव गरेका हुन् ।
पत्रकारको न्युनतम पारिश्रमिका विषयमा मन्त्रिपरिषद्बाट निर्णय गराउने कुरा भएको न्युनतम पारिश्रमिक निर्धारण समितिका सदस्य रामहरि कार्कीले बताए । मन्त्रिपरिषद्बाट निर्णय भएमा आगामी आर्थिक वर्षदेखि नयाँ तलबमान कायम हुने कार्कीले बताए ।
पाँचौ तहको ३७ हजार ५ सय ३८ रुपैया र वरिष्ठ संवाददाता, भाषा सम्पाक, र सहायक सम्पादक वा सो सरहको तलव ४० हजार ९०० सय बनाउनुपर्ने प्रस्ताव गरिएको छ । यसअघि पत्रकारको न्युनतम तलब २४ हजार ६ सय कायम गरिएको थियो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे