२०८१ बैशाख १६, आईतबार
देशभर पछिल्लो समय गर्मी बढेसँगै नवलपुरको तापक्रमले पनि दिनप्रतिदिन रेकर्ड ब्रेक गरेको छ। नवलपुरमा संचालित विद्यालयहरूले गर्मीका कारण पठनपाठन गर्न नसकिने र विद्यार्थीहरू बिरामी परेको बन्दै विद्यालय बन्द गरेका छन्। फुर्सदिला भएका विद्यार्थी तथा शिक्षक र दिउसोको समयमा घरमा बस्न नसकिने अवस्था भएपछि गर्मी छल्न मानिसहरू बिभिन्न चिसो ठाउँ र पानीका स्रोतहरू भएका ठाउँमा जाने क्रम चलेको छ। पछिल्लो समय गर्मी छल्न नदी, खोलामा पौडी खेल्न, नुहाउँन जाँदा डुबेर नवलपुरमा ५ जनाको निधन भैसकेको छ ।
हालसम्म अरुणखोलामा २ जना, कालीगण्डकी नदीमा २ जना र ज्यामिरे खोलामा १ जना गरि ५ जनाको निधन भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बताए। मृतक ५ जना मध्ये ३ जना युवा र २ बालबालिका छन् ।
मृत्यु हुनेहरूमा मध्यविन्दु नगरपालिका १० टाँडी निवासी विमल सिंह खान्गाका छोरा १३ बर्षीय महेश खान्गा, विनयी त्रिवेणी गाउँपालिका २ निवासी १३ बर्षीया बालिका जुनु खड्का ज्यामिरे, मध्यविन्दु नगरपालिका १४ मा मध्यविन्दु १० को जनता माविका शिक्षक कृष्ण सुवेदीको पौडी खेल्ने क्रममा डुबेर निधन भएको हो। त्यस्तै गैडाकोट ३ केलादी स्थित काली गण्डकी नदीमा नुहाउने क्रममा चितवनको रत्नगर २ टाँडी निवासी २४ बर्षीय सुरज सुवेदी र गैँडाकोट २ का २५ बर्षीय रमेश चालिसेको समेत डुबेर मृत्यु भएको छ।
नवलपुरमा अत्यधिक गर्मी बढेसँगै ठूला नदी, खोला र स्वीमिङ्ग पुल लगायतका ठाउँहरूमा नुहाउन तथा पौडी खेल्न जानेको अत्यधिक भिड लागेको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे