२०८१ बैशाख २०, बिहिबार
गैँडाकोट। जिल्ला प्रशासन कार्यालय नवलपुरको प्रमुख जिल्ला अधिकारी (सिडिओ) को रूपमा कल्पना श्रेष्ठ आउनुहुने भएको छ।
गृह मन्त्रालयले आज केही जिल्लाका सिडिओको सरूवा गर्ने क्रममा डोटी जिल्लामा कार्यरत प्रमुख जिल्ला अधिकारी श्रेष्ठलाई नवलपुरमा सरूवा गरेको छ।
गत जेठ १२ गते नवलपुरका सिडिओ कृष्ण प्रसाद लम्साललाई राष्ट्रपतिको कार्यालयमा काज सरुवा गरेपछि नवलपुरमा सिडिओ पद खाली रहेको थियो।
अवधि पुगेका र सुगम तथा दुर्गम मिलाएर प्रमुख जिल्ला अधिकारीहरूको सरुवा र पदस्थापन गरिएको गृह मन्त्रालयले जनाएको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे