२०८२ बैशाख १८, बिहिबार
यो खेल बैंग्लारको श्री कान्तिराभा रंगशालामा अपरानह पौने ४ बजे सुरु हुनेछ । प्रतियोगिताको समुह चरणबाटै बाहिरिसकेका नेपाल र पाकिस्तानको लागि मंगलबारको खेल प्रतिष्ठाको लडाइ बनेको छ ।
दुबै टोली सान्तोना जितसहित साफ च्याम्पियनसिप टुंग्याउन चाहन्छन् । प्रतियोगिताको पहिलो खेलमा नेपाललाई कुवेतले ४–१ ले हराएको थियो भने दोस्रो खेलमा भारतले २–० ले पराजित गरेको थियो । मंगलबारै हुने दोस्रो खेलमा आयोजक भारतले कुवेतको सामना गर्नेछ ।
लगातार दुई खेल जितेका भारत र कुवेत सेमिफाइनलमा पुगिसकेका छन् । यी दुई टोलीबिचको मंगलबारको खेलले समुह विजेताको टुंगो लगाउनेछ । प्रतियोगिताको अर्को समुहबाट लेबनान सेमिफाइनलमा पुगिसकेको छ भने बंगलादेश र माल्दिभ्स मध्ये एक टोली सेमिफाइनलमा पुग्नेछ ।
यो समुहबाट भुटान बाहिरिसकेको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे