२०८१ जेष्ठ ५, शनिबार
गैँडाकोट । नवलपुरको गैँडाकोटमा रहेको गैँडाकोट इङ्लिस स्कुलले विगतका वर्षहरुमा जस्तै यसवर्ष पनि उत्कृष्ट नतिजा हाँसिल गरेको छ ।
गैँडाकोट नगरपालिका वडा नं. २ मा अवस्थित गैँडाकोट इङ्लिस स्कुलबाट एसइइ दिएका ३४ जना विद्यार्थीहरुले राम्रो नतिजा ल्याएको स्कूलका प्रचार्य हिरालाल अर्यालले बताउनुभयो ।
गैँडाकोट इङ्लिस स्कुलबाट एसइइ दिएका ३४ जना सबै राम्रो अंक सहित उतीर्ण भएका छन् । ३.६ देखि ४ जीपीए ल्याउने ७ जना, ३.२ देखि ३.६ जीपीए ल्याउने १५ जना २.८ देखि ३.२ जीपीए ल्याउने १२ जना रहेको प्राचार्य अर्यालले बताउनुभयो । एसइइ दिएका विद्यार्थीहरुले प्राप्त गरेको नतिजालाइ हेर्दा स्कुलको औषत जिपीए ३.३३ हुन आउँछ ।
यसैविच स्कुलले कक्षाा ११ लागि भर्ना आह्वान खुल्ला गरेको छ । ब्यवस्थापन संकाय अन्तर्गत होटल म्यानेजमेन्ट, कम्पुटर र टुरजिम एण्ड माउन्टीनियरिङ विषयका लागि भर्ना खुल्ला गरिएको स्कुलले जनाएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे