२०८२ अषाढ २९, आईतबार
पत्रकार महासंघ गण्डकी प्रदेशले पत्रकार महासंघ नवलपुरका पूर्व अध्यक्ष होमराज रानाभाट, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज हिमालदेव पंगेनी, प्रेस युनियनका नेता केबी राना लगायतको नाम नविकरणका लागि उचित नभएको ठहर गरेको छ ।
पत्रकार महासंघ नवलपुरले सिफारिस गरेर पठाएका १६ जना पुराना र ४ जना नयाँ सदस्यहरु प्रदेशले हटाएको हो । पत्रकारिता बाहेक अन्यक्षेत्रमा पूर्णकालिन भएकोले जिल्लाबाट आएका नामावलीहरुमा पनि प्रदेशले आँखा लगाएको पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष नारायण शर्माले बताउनुभयो ।
जिल्लाले नवीकरण गरेर प्रदेशमा पठाएका पुराना सदस्यहरु, होमराज रानाभाट के.वी राना, प्रेम प्रसाद न्यौपाने,हिमालदेव पंगेनी, जीत नारायण थनेत, धन प्रसाद पाण्डे, लक्ष्मी पंगेनी, ज्ञानु पंगेनी, राजन थकाली, जगन्नाथ उपाध्याय, निलकन्ठ पोख्रेल,गोविन्द रिमाल, यम बहादुर सोमै, नवराज पौडेल, खेम नारायण महत्तो र अविश्यक गौडेलको नाम हटाइएको छ । त्यसैगरी जिल्लाबाट सिफारिस गरिएका नयाँ सदस्यहरुमध्ये तिर्थराज काफ्ले, टिका काफ्ले, शारदा रेग्मी र नरनाथ पाण्डेको नाम काटिएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे