२०८१ बैशाख १५, शनिबार
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा चितवन निर्वाचन क्षेत्र नम्बर–२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रवि लामिछानेले दाबी गरे जस्तो ना ५ ख ३१३८ नम्बरको ब्लु बस पनि समस्यारहित छैन । बसको पनि रङ परिवर्तन र रुटका सम्बन्धमा समस्या देखिएको छ ।
यातायात कार्यालय नारायणी, वीरगन्जमा २०७० मा दर्ता भई त्यहाँ र यातायात व्यवस्था कार्यालय, भरतपुरमा समेत रहेको विवरणअनुसार हाल भीमबहादुर तामाङको नाममा दर्ता कायम रहेको बसको रङ हरियो, सेतो, सिल्भर, पहेँलो’ हुनुपर्नेमा स्वीकृतिबिना नै नीलो बनाइएको हो ।
यी दुवै कार्यालयमा रहेको रेकर्डमा रङ परिवर्तनका लागि निवेदनसमेत दिएको देखिँदैन । यातायात व्यवस्था कार्यालय, वीरगन्जका कार्यालय प्रमुख उमेश रेग्मी र यातायात व्यवस्था कार्यालय, भरतपुरका अधिकृत गोविन्द पौडेलले कुनै पनि कार्यालयमा रङ परिवर्तनका लागि निवेदन नपरेको बताए ।
यातायात व्यवस्था कार्यालय, भरतपुरका अधिकृत गोविन्द पौडेलले अनुमति नलिई सवारीसाधनको रङ परिवर्तन गरे कारबाही हुने बताए । यातायात कार्यालय, भरतपुरका अधिकृत सुरेश चपाई पनि सवारीसाधनले कार्यालयको अनुमति लिएर मात्रै रङ परिवर्तन गर्न पाउने बताउँछन्।
तर बसका सञ्चालक तामाङले भने आफूलाई कार्यालय भरतपुर ले दिएको जाँचपास प्रमाणपत्रमा नीलो रङको पनि अनुमति दिएको दाबी गरे । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे