२०८२ अषाढ २९, आईतबार
काठमाडौं । सिटिजन्स बैंकका ६ जना कर्मचारी नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार सिटिजन्स बैंकका विभिन्न शाखामा कार्यरत ६ जनालाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा सिटिजन्स बैंकको बुटवलको ड्राइभर टोल शाखाकी मनीषा मास्के, मणिग्राम शाखाकी गोमा ज्ञवाली, कालिकानगर शाखाकी कल्पना खत्री, कालिकानगर शाखाकै प्रतीक्षा रेग्मी, बुटवल शाखाका खिमानन्द गौतम र दीपक बिष्ट रहेका छन् ।
नक्कली प्रमाणपत्रका आधारमा जागिर खाएको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे