२०८२ जेष्ठ ९, शुक्रबार
विगत १० वर्षदेखि गैँडाकोटबाट खाद्यान्न उत्पादन गर्दै आएको जयश्री फुड्सले पूर्व मेचिदेखि पश्चिम महाकाली सम्म ब्यापार गर्दै आएको कम्पनीका म्यानेजर अमित अग्रवालले जानकारी दिनुभयो । नेपालका ठुला शहरका पाँचतारे होटलहरु सहित पोखरा लेकसाइडका अधिकास होटलहरुमा जयश्री फुड्स प्रा.लि द्धारा उत्पादित विभिन्न ब्राण्डका चामलहरु खपत हुने गरेको अग्रवालले बताउनुभयो ।
सो अवसरका जयश्री फुड्सका प्रबन्धक प्रकाश घिमिरेले चितवन र यस आपपासको बजारमा दशै लगत्तै आफ्नो उत्पादनलाई थप प्रभावकारी बनाउने योजना रहेको जानकारी दिनुभयो । कार्यक्रममा सहभागी होटल तथा क्याटरिङ व्यवसायीहरुलाई घिमिरेले जयश्रीद्धारा उत्पादित विभिन्न प्रकारका चामल , चिउरा, सुजी , मैदा , आटा लगायतका खाद्यान्नहरु ढुक्क भएर प्रयोगमा ल्याउन अनुरोध गर्दै गुणस्तरमा कम्पनीले कुनै प्रकारको सम्झौता नगरेको बताउनुभयो ।
विभिन्न प्रकारका चामल , चिउरा, मैदा, आटा सुजी तथा सोयावडी बजारमा ल्याएको जयश्री फुड्सले चितवन र यस आसपासको बजारमा आफ्नो उत्पादनलाई थप बजारीकरण गर्न शुभकामना आदानप्रदान तथा परिचयात्मक कार्यक्रमको आयोजना गरेको हो । शुभकामना आदानप्रदान कार्यक्रममा चितवन र गैँडाकोटका होटल व्यवसायी, जयश्री फुड्सका डिलरहरु, क्याटरिङ तथा टेन्टहाउस व्यवसायी लगायतको सहभागिता रहेको थियो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे