• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ मंसिर १०, बुधबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

सेन्ट्रल कलेजको बसको ठक्करबाट चितवनमा मोटरसाइकल चालकको मृत्यु , ३ जना घाइते

२०८२ मंसिर ४, बिहिबार
२

वर्ल्डलिंकले ल्यायो ‘सिक्सजी वाई-फाई’, स्पिड ४ गुणा फास्ट हुने

२०८२ कार्तिक २३, आईतबार
३

यी तीन प्रदेशमा आज बर्षा सहित हिमपातको सम्भावना

२०८२ कार्तिक १०, सोमबार
४

नवलपुरको अमलटारीघाट हुँदै चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारीको अनुमति

२०८२ कार्तिक १२, बुधबार
५

अस्ट्रेलिया सवारी दुर्घटनामा चितवनका एकै परिवारका ३ जनाको मृत्यु

२०८२ कार्तिक २७, बिहिबार
६

गैंडाकोट नगरपालिकाले माग्यो “जनस्वास्थ्य अधिकृत” पदमा कर्मचारी

२०८२ कार्तिक १६, आईतबार
७

७३ वर्षीय टीकारामले कमाउछन् मौरीपालनबाट वार्षिक १५ लाख रुपैँया

२०८२ कार्तिक १९, बुधबार
८

“नेपाल लेखक पुरस्कार २०२५” कार्यक्रम कात्तिक १५ गते काठमाडौंमा हुने

२०८२ कार्तिक १४, शुक्रबार
९

रुपन्देहीमा इभी गाडी दुर्घटना ३ जनाको मृत्यु , ४ जना गम्भीर

२०८२ कार्तिक १२, बुधबार
१०

यी तीन प्रदेशमा बर्षा सहित हिमपातको सम्भावना

२०८२ कार्तिक १७, सोमबार
११

नवलपुरको सुन्तला बारीमै ६० रुपैँया किलोमा बिक्रि

२०८२ कार्तिक १४, शुक्रबार
१२

बाक्लो हिमपातले खुम्बु क्षेत्रको जनजीवन प्रभावित

२०८२ कार्तिक ११, मंगलबार

भूकम्प प्रभावित स्थानमा नेताको लस्कर: पहुँचका आधारमा राहत

नवलपुर अनलाइनप्रकाशित मिति: २०८० कार्तिक २३, बिहिबार

  • १३६ पटक पढिएको
  • जाजरकोट, २३ कार्तिक । सरकारले पहिलो चरणको उद्धारको कार्य समयमै गरे पनि राहत र पुनःस्थापनामा ढिलाइ हुँदा भूकम्प प्रभावित आक्रोशित हुन थालेका छन् । शुक्रबार मध्यरात जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा सबैभन्दा बढी मानवीय र भौतिक क्षति भएको छ । यसबीच सरकारका मन्त्री, विभिन्न संघसंस्थाका प्रतिनिधि र पार्टीका नेता तथा कार्यकर्ताको हूल प्रभावित क्षेत्रमा जाने क्रम रोकिएको छैन । तर, राजनीतिक पहुँचका आधारमा स्थानीय जनप्रतिनिधिले कम्बल, टेन्ट र खाद्यान्न वितरण गरेको पीडितको गुनासो छ ।

    ‘कुनै ठाउँमा दोहोरोतेहरो राहत पुगेको छ, कतै एक पटक पनि पुगेको छैन,’ जाजरकोटका एक नेताले भने, ‘नेताहरूले आ–आफ्नो क्षेत्रका बासिन्दाका लागि बढी फोकस गर्दा पँहुचबाट टाढा रहेका बासिन्दाले राहत पाउन सकेका छैनन् ।’

    बुधबार नै कांग्रेसका महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडासहितका नेता प्रभावित क्षेत्र पुगेका छन् । ठूलो क्षमताको जहाज सुर्खेतमा ल्यान्ड गर्न नसक्ने भएकाले नेपालगन्ज, भैरहवाबाट समेत राहत सामग्री ल्याउनुपर्दा ढिलाइ भएको खतिवडाले बताए । वडा तहले वितरण गर्दा कतिपय ठाउँबाट गुनासो आइरहेको उनको भनाइ छ । कांग्रेसले यसअघि थापा र शर्माको नेतृत्वमा केन्द्रीय अनुगमन तथा व्यवस्थापन सहजीकरण समिति गठन गरेको थियो । महामन्त्रीद्वय प्रभावित क्षेत्र पुगेर ७ बुँदे कार्यादेशसहितको जिम्मेवारी पूरा गर्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएका छन् ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल शनिबार बिहान भूकम्प प्रभावित क्षेत्र पुगेका थिए । उनी त्यसै दिन फर्के पनि उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का उद्धार र राहतमा समन्वय गर्न सुर्खेतलाई मुकाम बनाएर बसेका छन् । सोमबार राष्ट्रपति रामचन्द्र पौडेल पनि भूकम्प प्रभावित क्षेत्र पुगेका थिए । जाजरकोटबाट संसद्मा प्रतिनिधित्व गर्ने शक्ति बस्नेत र कांग्रेसका प्रदेश सांसद राजीवविक्रम शाही जिल्लामा नै खटिएका छन् । माओवादीका अर्का नेता तथा पूर्वअर्थमन्त्री जनार्दन शर्मा रुकुम पश्चिममा केन्द्रित छन् ।

    आ–आफ्नो जिल्ला र निर्वाचन क्षेत्रलाई प्राथमिकतामा राखेर राहत सामग्री वितरण गर्ने मनोवृत्तिका कारण पीडितमाथि भेदभाव हुन थालेको गुनासो बढेको छ । रुकुम पश्चिमको तुलनामा जाजरकोटमा राहत वितरणमा ढिलाइ भइरहेको गुनासो बढी छ । प्रभावित क्षेत्रका बासिन्दाका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट प्रशस्त राहत सामग्री जुटे पनि अझै २० प्रतिशत प्रभावित क्षेत्रमा राहत पुग्न बाँकी रहेको जाजरकोटमा रहेका माओवादी नेता तथा ऊर्जामन्त्री शक्ति बस्नेतले बताए । उनका अनुसार यातायातको कठिनाइका कारण राहत सबैले पाइनसकेको स्विकारे । ‘शतप्रतिशत पुर्‍याउन सकिएको छैन, खोज्दै जाँदा राहत नपाएका पीडित भेटिनुहुन्छ,’ उनले भने, ‘रुकुम पश्चिमको तुलनामा जाजरकोटमा प्रभावितको संख्या बढी भएको र भौगोलिक रूपमा विकट रहेकाले ढिलाइ भएको हो ।’ उनले एक/दुई दिनभित्र सबै पीडितहरूले राहत पाइसक्ने बताए ।

    राहत वितरणका लागि स्थानीय जनप्रतिनिधि सम्मिलित तीन तहको समिति जिल्ला तहमा बनाइएको छ । एउटा समितिले केन्द्रबाट आउने राहत सामग्री बुझ्ने गर्छ, अर्कोले वितरण गर्छ र त्यसको अनुगमन गर्न छुट्टै समिति बनाइएको छ । वितरण गर्दा जिल्लाले पालिकालाई र पालिकाले वडा तहलाई जिम्मेवारी दिने गरिएको छ । तर, राहत वितरण प्रभावकारी हुन सकेको छैन । ‘यस हिसाबले वडा तहबाट हुने वितरणमा केही गुनासो छ । तर, समग्र रूपमा एकद्वार प्रणालीबाट काम भइरहेको पाइयो,’ खतिवडाले भने, ‘कमीकमजोरीलाई सच्याएर छिटोभन्दा छिटो राहत पुर्‍याउन हामीले पनि जोड दिएका छौं ।’

    जाजरकोटमा अहिलेसम्म २२ हजार १ सय ३१ पाल र १७ हजार ५ सय ब्ल्यांकेट वितरण भएको छ । स्थानीय प्रशासनको तथ्यांकमा ८० प्रतिशत प्रभावितलाई मात्रै यो सुविधा पुगेको छ । जाजरकोटमा करिब ३४ हजार घरधुरी प्रभावित भएको र ९ हजार ७ सय ९४ घर पूर्ण क्षति पुगेको सरकारी तथ्यांक छ । आंशिक क्षति २४ हजार ७ सय ७ छ । ‘कतै राहत फालाफाल हुने र कतै नपाउने अवस्था देखिएन । तर, वडा तहबाट हुने वितरणमा भने अनुगमन गर्नुपर्ने अवस्था देखियो,’ खतिवडाले भने । कान्तिपुर दैनिकबाट

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • यातायात कार्यालय चितवनबाट लाइसेन्स नवीकरण र प्रमाणीकरणको काम सुरु

  • जेनजी आन्दोलनका क्रममा चितवनमा आगजनी गर्ने ४३ जना पक्राउ

  • नवलपुरमा छोराको कुटपिटबाट बुबाको मृत्यु

  • एनपीएलमा आज विराटनगर र चितवन भिड्दै

  • समाचार
  • १

    यातायात कार्यालय चितवनबाट लाइसेन्स नवीकरण र प्रमाणीकरणको काम सुरु
    २०८२ मंसिर १०, बुधबार

  • २

    जेनजी आन्दोलनका क्रममा चितवनमा आगजनी गर्ने ४३ जना पक्राउ
    २०८२ मंसिर १०, बुधबार

  • ३

    नवलपुरमा छोराको कुटपिटबाट बुबाको मृत्यु
    २०८२ मंसिर १०, बुधबार

  • ४

    एनपीएलमा आज विराटनगर र चितवन भिड्दै
    २०८२ मंसिर १०, बुधबार

  • ५

    आज यी तीन प्रदेशमा आंशिक बदली हुने
    २०८२ मंसिर १०, बुधबार

  • ६

    स्थानीय तहमा सार्वजनिक खरिदमा मनपरी, झण्डै २० हजार उजुरी दर्ता
    २०८२ मंसिर ९, मंगलबार

  • ७

    फिल्म ‘परालको आगो’ बैशाख ११ गतेदेखि प्रदर्शनमा आउने
    २०८२ मंसिर ९, मंगलबार

  • ८

    चितवनमा ४ महिनामा सवारी दुर्घटनामा परि २९ जनाको मृत्यु
    २०८२ मंसिर ९, मंगलबार

  • ९

    आज विवाह पञ्चमी, कस्तो छ पौराणिक महत्व ?
    २०८२ मंसिर ९, मंगलबार

  • १०

    एनपीएलमा आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सबीच खेल हुँदै
    २०८२ मंसिर ९, मंगलबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    २

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ३

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ४

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ५

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ६

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ७

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ८

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution