• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ श्रावण २१, बुधबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका निर्वाचन आयोग राष्ट्रिय स्वतन्त्र पार्टी नेपाली कांग्रेस आईपीओ गैँडाकोट नगरपालिका राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

साइकल पुलमै छाडेर नारायणीमा हामफालेका गैंडाकोटका दिवेशको शव फेला

२०८२ श्रावण १७, शनिबार
२

एक्सपर्ट एजुकेसन चितवनको शङ्कास्पद धन्दा, नक्कली कागजातमै विद्यार्थी अष्ट्रेलिया

२०८२ अषाढ २३, सोमबार
३

देवचुलीका न्यौपाने गैंडाकोटमा मृत अवस्थामा फेला

२०८२ श्रावण १७, शनिबार
४

भरतपुरमा रात्रिकालीन बजार सुरुः उपभोक्ताको उल्लेख्य सहभागिता

२०८२ अषाढ २८, शनिबार
५

काठमाडौँबाट कावासोती आउँदै गरेकी महिला गल्छीबाट सम्पर्कविहीन

२०८२ अषाढ ३०, सोमबार
६

चितवनको एकमात्र कन्या कलेज “मैयाँदेवी कन्या कलेज”मा कक्षा ११ मा भर्ना खुल्यो

२०८२ अषाढ २३, सोमबार
७

यमन नागरिकलाई टुक्रा पारेर ट्यांकीमा फाल्ने भारतीय नर्सलाई फाँसी दिईँदै

२०८२ अषाढ २५, बुधबार
८

डण्डाबाट नारायणगढतर्फ आउँदै गरेको सिटी बस दुर्घटना, १५ जना घाइते

२०८२ श्रावण १८, आईतबार
९

उपचार गरेर एम्बुलेन्समा घर फर्किँदै गरेका बडाध्यक्षको बाटोमै मृत्यु

२०८२ श्रावण १३, मंगलबार
१०

कावासोतीमा करेन्ट लागेर एक मजदुरको मृत्यु

२०८२ अषाढ ३०, सोमबार
११

मलेसियामा मजदुरी गरेर फर्किएका शाहीको रहस्यमय ढङ्गले हत्या

२०८२ श्रावण १२, सोमबार
१२

मिसेस नेपाल वर्ल्ड २०२५ मा सहभागिताको लागी आवेदन खुला

२०८२ अषाढ २३, सोमबार

कर्मचारी अभावले सेवाग्राहीलाई सास्ती

नवलपुर अनलाइनप्रकाशित मिति: २०८० मंसिर १४, बिहिबार

  • १०६ पटक पढिएको
  • ढोरपाटन । बडिगाड गाउँपालिका–७ का हर्कबहादुर विक भतिजा मनबहादुर कामीको नागरिकता बनाउन इलाका प्रशासन कार्यालय बुर्तिबाङ धाएको चार दिन भयो । लगातार चार दिनसम्म पनि पालो पाएका छैनन् । बजारमा बस्दा बढी खर्च लाग्ने हुँदा उनीसहित भतिजा र भाउजु पनि घरदेखिनै आउजाउ गरिरहेका हुन् । तीन जना बुर्तिबाङ पुगेको एकतर्फी भाडानै रु दुई हजार दुई सय लाग्छ ।

    चार दिनसम्म उनीहरुले गाडी भाडा मात्रै रु आठ हजार आठ सय खर्च गरिसके । खाना र खाजामा रु चार हजारभन्दा बढी खर्च भयो । एक जना व्यक्तिको नागरिकता बनाउन हजारौँ खर्च हुनुपर्ने बाध्यता हर्कबहादुरको मात्रै होइन इलाका प्रशासन कार्यालय बुर्तिबाङमा सेवा लिन आउने धेरैको छ । दिनभरी लामो लाइनमा बस्ने साँझ परेपछि पालो नपाएर फर्कनेको सङ्ख्या ठूलो सङ्ख्यामा छ । दाईको केही समय अगाडि मृत्यु भएपछि भतिजाको नागरिकता बनाउन आउनुभएका हर्कबहादुरले यस्तो समस्या पहिले बागलुङ पुगेर सेवा दिँदा पनि नपाएको सुनाउँछन् ।

    “ऋण खोजेर नागरिकता बनाउन आएको हो, चार दिनसम्म धाउँदा ठूलो खर्च भइसकेको छ”, विकले भने, “तर काम भने बनेको छैन । चार दिनसम्म पालो कुर्दै बितेको छ ।” एक दिनमै बन्ने नागरिकता बोलिदिने मान्छे कोही नहुँदा बन्न नसकेको उनको गुनासो छ । “यतिका दिनभयो, घरमा कामको चटारो छ, यहाँ आउन थालेपछि घर र बारीको केही काम गर्न पाइएको छैन, दिनदिनै हजारौँ रुपैयाँ खर्च भइराखेको छ । काम बन्दैन । पालो कुर्दा कुर्दा दिन बित्छ तर पालो आउन्न”, विकले भने, “पहिलो दिननै नागरिकता बन्छ होला भनेर छिमेकीसँग रु पाँच हजार ऋण गरेर आइयो, अब त नागरिकता बन्दासम्म रु २० हजारले पनि नपुग्ने अवस्था भयो ।”

    विकले भतिजाको नागरिकता बनाउन पाए विदेश पढाउने सोच बनाएका छन् । “नागरिकता बनाइदिन पाए विदेश पठाउन हुन्थ्यो, प्रशासनबाट मङ्लबार बल्ल पालो आउने खबर पाएको छु”, उनले भने । ढोरपाटन नगरपालिका–३ पुर्कोटका बुद्धबहादुर गुरुङ श्रीमती पनि नागरिकता बनाउन आएको ३ दिन भयो । तीन दिनसम्म पालो नपाउँदा भारत फर्कन ढिला भएको छ ।

    दुई दशकदेखि भारतमा रोजगार गर्दै आएका गुरुङले अहिलेसम्म श्रीमतीको नागरिकता बनाएका थिएनन् । नागरिकता बनाएर मङ्लबारनै भारत फर्कने भने पनि अहिलेसम्म बन्न नसकेको गुरुङले गुनासो गरे । प्रशासनमा सेवा लिनेको ठूलो भीड हुँदा पालो आए नआएको थाहा पाउन पनि मुस्किलपर्ने उनको भनाइ छ । कर्मचारीले आइतबार मात्रै आफ्नो पालो आउने जानकारी गराएको गुरुङले सुनाए ।

    गुरुङले भने, “वडा कार्यालयबाट सिफारिस लिएर आएको तीन दिन भयो, गाउँमा त छिट्टै काम हुन्छ भन्थे तर यहाँ आएको तीन दिन बित्यो तर काम बन्ने अत्तोपत्तो छैन, धेरैजसो हामी भारततिरै बस्छौँ, त्यही भएर नागरिकता बनाइएको थिएन, अहिले चाहियो र बनाउन लागेको धेरै ढिला भयो, किन ढिला भयो भनेर सोध्दा काम गर्ने मान्छे छैनन् भन्छन्, आउँदाजाँदा धेरै खर्च भयो, उता (भारत) जान पनि ढिला भइसक्यो ।”

    इलाका प्रशासन कार्यालय बुर्तिबाङका प्रमुख लोकबहादुर कुँवरले र कर्मचारी अभावले सेवा प्रवाहमा समस्या भएको बताए । कार्यालयमा १० दश जनाको दरबन्दी रहे पनि हाल तीन जनाले मात्रै सेवा दिनु परेको छ । विभिन्न कार्यालयबाट सरुवा भएर आएका कर्मचारी आउँदाकै दिन अन्तै सरुवा हुने हुँदा सेवा प्रवाहमा निकै कठिन भएको कुँवरको भनाइ छ । यहाँबाट नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, नाता प्रमाणित लगायतका सेवा प्रवाह हुँदै आएको उनी बताउँछन् । कर्मचारी नहुँदा अहिले राहदानीको काम ठप्प भएको कुँवरले बताए ।

    “हरेक दिन सयौँ सेवाग्राही आएर लाइन बस्नुहुन्छ, सबैलाई सेवा दिएर पठाउने कोसिस गर्छौँ तर थोरै कर्मचारीले सबैलाई सेवा दिन निकै गाह्रो हुँदोरहेछ, दिनमा एक सयभन्दा बढीलाई सेवा दिन पनि सकिने अवस्था छैन”, उनले भने । अहिले नागरिकताको प्रतिलिपि लिने, नागरिकता बनाउन आउनको सङ्ख्या निकै ठूलो रहेको उनको भनाइ छ । सरुवा भएर आएका कर्मचारी एकदिन पनि नबस्ने र त्यसको असर सेवाग्राही लाई सास्ती भएको उनले सुनाए । रासस

  • नागरिकता
  • बडिगाड गाउँपालिका
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • देशका अधिकांश स्थानमा बर्षाको सम्भावना

  • साउन २१ गते बुधवारको राशिफल, हेर्नुहोस् तपाईँको आजको ग्रहगोचर

  • भरतपुर महानगरको दुई ठाउँबाट दमकल सेवा सञ्चालन

  • शर्मिला वाइबा पोखराबाट पक्राउ, काठमाडौं ल्याइँदै

  • समाचार
  • १

    देशका अधिकांश स्थानमा बर्षाको सम्भावना
    २०८२ श्रावण २१, बुधबार

  • २

    साउन २१ गते बुधवारको राशिफल, हेर्नुहोस् तपाईँको आजको ग्रहगोचर
    २०८२ श्रावण २१, बुधबार

  • ३

    भरतपुर महानगरको दुई ठाउँबाट दमकल सेवा सञ्चालन
    २०८२ श्रावण २०, मंगलबार

  • ४

    शर्मिला वाइबा पोखराबाट पक्राउ, काठमाडौं ल्याइँदै
    २०८२ श्रावण २०, मंगलबार

  • ५

    कावासोतीका १५ बर्षीय बालक ३ दिन देखि वेपत्ता
    २०८२ श्रावण २०, मंगलबार

  • ६

    गुल्मीको उल्लीखोला स्थित डहरे खोलाले कार बगायो
    २०८२ श्रावण २०, मंगलबार

  • ७

    ६ दिनदेखि बेपत्ता दाजु बहिनी मृत फेला
    २०८२ श्रावण २०, मंगलबार

  • ८

    म्याग्दी केन्द्रबिन्दु भई ४.५ रेक्टरको भुकम्प
    २०८२ श्रावण २०, मंगलबार

  • ९

    पाल्पाको शिद्धबाबा सहित सहायक मार्गमा पहिरो, सडक पूर्ण अवरुद्ध
    २०८२ श्रावण २०, मंगलबार

  • १०

    कक्षा १२ को मौका परीक्षाका लागि आवेदन तथा परिक्षा तालिका सार्वजनिक
    २०८२ श्रावण २०, मंगलबार

  • नवलपुर बिशेष
    १

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    २

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ३

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ४

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ५

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ६

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन
    ७

    बौदीकालीमा बिद्युत सर्ट भई आगलागी हुँदा लाखौँको धनमाल नष्ट

    नवलपुर अनलाईन
    ८

    छोरीको शव ल्याउन दश महिनादेखि भौँतारिरहेकी कावासोतीकी ७० वर्षीया बृद्ध आमा

    कावासोती नगरपालिका

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution