२०८२ जेष्ठ १, बुधबार
मन्त्रालयले रुसी सेनामा भर्ती भएर ज्यान गुमाउने छ जना नेपाली नागरिकको नाम पनि सार्वजनिक गरेको छ । ज्यान गुमाउने नेपाली नागरिकमा गोरखाका सन्दीप थपलिया, वाणगङ्गा–१ कपिलवस्तुका रूपक कार्की, कास्की पोखराका देवान राई, स्याङ्जा पुतलीबजार–५ का प्रितम कार्की, दोलखा मेलुङ–६ का राजकुमार रोका र इलाम–५ का गङ्गाराज मोक्तान रहेको मन्त्रालयले जनाएको छ । ज्यान गुमाएका नेपाली नागरिकको शव नेपाल पठाउन र पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन नेपाल सरकारले रुस सरकारलाई अनुरोध गरेको छ । रुसी सेनामा भर्ती हुनु अवैधानिक हो ।
सरकारले मङ्सिर १६ गते केही मित्रराष्ट्रसँग परम्परागत सम्झौताका आधारमा गोर्खा भर्ती भए पनि रुससँग त्यस्तो भर्तीको सम्झौता नभएको स्पष्ट पार्दै भर्तीमा नजान अपिल गरेको थियो । रुसी सेनामा भर्ती भई हाल युक्रेनमा बन्दी अवस्थामा रहेका नेपाली नागरिक विवेक खत्रीलाई नेपाल फिर्ता गर्नेसम्बन्धमा सरकारले कूटनीतिक पहल जारी राखेको बताएको छ । सरकारी कामकाज, रुसी सरकारको छात्रवृत्ति तथा पेसा व्यवसायमा संलग्न भएकाबाहेक अन्य सर्वसाधारण नागरिकलाई रुसको यात्रा गर्नुपरेमा मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभागबाट नो अब्जेक्सन प्रमाणपत्र लिएर मात्र यात्रा गर्न परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत अपिल गरेको छ । साथै मन्त्रालयले कसैको प्रलोभनमा परी वा गलत सूचनाका आधारमा युद्धग्रस्त मुलुकको सेनामा भर्ती हुन नजान पनि अनुरोध गरेको छ । गोरखापत्रबाट
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे