२०८२ बैशाख ३०, मंगलबार
बर्दघाट नगरपालिकाको रु चार लाख आर्थिक सहयोगमा प्रहरी पोष्ट निर्माण भएको छ । लागुऔषध, तस्करीलगायत अन्य अपराधको ‘ट्रान्जिट पोइन्ट’को रूपमा रहेको सो क्षेत्रको सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै पोष्टको स्थापना गरिएको हो ।
बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल एवम् प्रहरी प्रमुख प्रहरी उपरीक्षक काजीकुमार आचार्यले आज संयुक्त रूपमा प्रहरी पोष्टको उद्घाटन गरे ।
बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले महेशपुर र भुजहवा नाका हुँदै यहाँबाट तस्करीलगायत अन्य अपराधका घटना बढ्दो गएको उल्लेख गर्दै प्रहरी पोष्ट स्थापनापछि शान्ति सुरक्षा कायम हुनेमा विश्वास व्यक्त गरे ।रासस
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे