२०८२ बैशाख २९, सोमबार
उद्घाटन समारोहमा बोल्दै महतले २०२९ सालमा जारी भएको निकुञ्ज ऐनले निकुञ्ज र जनता बीचको दुरी बढाउने काम गरेकाले ऐन परिर्वतनको लागि सरकारी पहल सुरु गर्ने प्रतिबद्धता जनाए । निकुञ्ज ऐनले स्थानीय विकास निर्माण र समुदायको विकासमा बाधा हुन नहुने प्रष्ट पारे। अर्थमन्त्री महतले निकुञ्जको सुरक्षा र पर्यटनसंग जोडिएको यहाँको कलासंस्कृति संरक्षणमा सरकार कटिबन्द्ध रहेको बताए । उनले जनताको जीविकोपार्जनमा लगानी गरेर मानब वन्यजन्तुबीचको द्धन्द्ध घटाउनु पर्ने विचार व्यक्त गरे ।
१७ औं चितवन हात्ती तथा पर्यटन महोत्सवको आयोजक संस्था क्षेत्रीय होटल संघका अध्यक्ष गंगा गिरीको अध्यक्षतामा भएको कार्यक्रममा खैरहनी नगरपालिकाका मेयर शशीकुमार खनिया, चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जापुन लगायतले मन्तव्य राखेका थिए ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे