२०८२ बैशाख २७, शनिबार
दोलखा निवासी थापा उक्त गण हडक्र्वाटरको बङ्करमा ड्युीमा रहँदा माघ १८ गते आफैँले बोकेको हतियारबाट गोली लागि घाइते फेलापरेका उनको उपचारका क्रममा मृत्यु भएको नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
उनको शव स्वदेश ल्याउन आवश्यक समन्वय भइरहेको नेपाली सेनाका सूचना अधिकारी सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए । हाल उक्त मिसन तैनाथ रहेको लेबनानको सीमावर्ती इलाकामा लडाइँ चलिरहेको हुँदा त्यसको मनोवैज्ञानिक असर हो वा अन्य कुनै कारण हो भन्नेबारेमा बुझ्ने कार्य भइरहेको उहाँले बताउनुभयो । त्यहाँ तैनाथ उक्त गणमा रहेका सकल दर्जाको एक वर्ष कार्य अवधि पुग्ने क्रममा रहेको थियो ।रासस
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे