२०८२ बैशाख २६, शुक्रबार
भरतपुरस्थित सनराइज स्कूलको बसका चालकलाई अज्ञात व्यक्तिले पेस्तोल देखाएर धम्की दिएको हो ।
विद्यार्थीलाई घर पुर्याउने क्रममा बुधबार अपरान्ह ४ः१५ बजेको समयमा भरतपुर महानगरपालिका वडा नम्वर ८ सल्यानीमा अज्ञान व्यक्तिले स्कूल बसका चालकलाई पेस्तोल देखाएर धम्की दिएको थियो।
कालो रंगको गाडीमा आएका व्यक्तिले बसका चालकलाई पेस्तोल देखाएको सनराइज स्कूल स्रोतले जानकारी दिएको छ । बसमा केही विद्यार्थी समेत थिए ।
गाडी फर्काउने क्रममा चालकसँग भनाभन भएपछि कारमा आएका व्यक्तिले स्टेरिङ समातिरहेका चालकलाई पेस्तोल देखाएको विद्यार्थीले बताएका छन ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीले घटनाको विषयमा अनुसन्धान सुरु गरिएको र सिसिटिभी फुटेजको सहयोग लिन लागिएको बताए । एक अभिभावकले सामाजिक संजालमा यो विषय हालेपछि घटना बाहिर आएको हो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे