२०८२ अषाढ २९, आईतबार
असन्तुष्ट जनप्रतिनिधिको १९ बुँदे मागका सम्वन्धमा आगामी कार्यपालिका बैठकमा छलफल भएपछि योजना सञ्चालन गर्ने सहमति गरी गाउँपालिकाको कार्यालयमा लगाइएको ताला खोलिएको छ । गाउँपालिकाका अध्यक्ष धिरेन्द्र रायको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले आफूहरुको मागका सम्वन्धमा अर्को बैठकमा बृहत छलफल गर्ने गरी तत्काल तालाबन्दी खोल्ने सहमति गरेको पर्सा गाउँपालिका–२, सङ्ग्रामपुरका वडाध्यक्ष राकेश रामले जानकारी दिएका छन्।
उनका अनुसार सहमतिपश्चात गाउँपालिका अध्यक्ष राय, प्रमुख प्रशासकीय अधिकृत सुरेशकुमार यादवसहितको उपस्थितिमा गाउँपालिका कार्यालयमा लगाइएको ताला खोलिएको हो । तालाबन्दी खुलेसँगै आजबाट गाउँपालिकाको कामकाज नियमित सूचारु भएको छ । ३६ दिनसम्म गाउँपालिकामा तालाबन्दी हुँदा स्थानीय निराश बनेका थिए ।
गाउँपालिकाका असन्तुष्ट जनप्रतिनिधिले गत आर्थिक वर्ष २०७९/०८० को आय–व्ययको फाँटवारी उपलब्ध गराउनुपर्ने, शाखा प्रमुखहरुको कामकाज सन्तोषजनक नभएकाले हेरफेर वा आवश्यकता अनुसार हटाउनुपर्ने, स्थायी, करार र दैनिक ज्यालादारी कर्मचारीको तलबसहित नामावली विवरण उपलब्ध गराउनुपर्ने, इन्धन खर्चको विवरण उपलब्ध गराउनुपर्ने, २०७४ सालदेखि अहिलेसम्मको पेश्की र बेरुजु फछ्र्यौट गर्नुपर्नेलगायतका माग राखेको पत्रकार मुकेश झाले जानकारी दिएका छन् ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे