२०८२ बैशाख ३१, बुधबार
डिभिजन वन कार्यालय रौतहटको क्षेत्रअन्तर्गत घाटगद्दी गरी राखिएको काठमा भिषण आगलागी भएको हो। आगलागीबाट लाखौंको काठ दाउरा जलेर नष्ट भएको छ। पूर्व-पश्चिम महेन्द्र राजमार्गको लमाहा क्षेत्र आसपास घाटगद्दी गरी राखिएको काठ दाउरामा आज दिउँसोदेखि सुरु भएको भिषण आगलागी अहिले पनि नियन्त्रणमा आउन सकेको छैन।
गैडाटार सब डिभिजन वन क्षेत्रबाट कटान गरेको काठ दाउरामा आगलागी भएको डिवीजन बन कार्यालय रौतहटका प्रमुख शैलेन्द्र कुमार मिश्रले बताएका छन्।
नेपाल विद्युत प्राधिकरणको हाइटेन्सन निमार्णको लागि वन क्षेत्रबाट कटान गरेको उक्त काठ दाउरामा आगलागी भएको प्रमुख मिश्रले जानकारी दिएका छन्। सोमबार दिउँसो २ बजेर ४२ मिनेटमा आगलागी बारे सुचना आएको सेक्टर वन कार्यालय चोचाका प्रमुख अधिकृत राजेश कुमार साहले बताएका छन्। खबर लगत्तै चन्द्रपुर लगायत विभिन्न स्थानबाट पाँच वटा बारुण यन्त्र दमकलसहित वन कर्मचारी, वन सुरक्षाकर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी स्थानीय मिलेर आगलागी नियन्त्रणको प्रयास गरिरहेका छन्। तर, बेलुकी ७ बजे समाचार तयार पार्दासम्म नियन्त्रण हुन नसकेको अधिकृत साहले बताएका छन्।
आगलागीबाट काठ दाउरा जलेर भएको क्षति बारे पूर्ण एकिन नभए पनि १५/२० लाखभन्दा बढी क्षति भएको अनुमान गरिएको उनले जानकारी दिएका छन्।
दिउँसोदेखि नै हुरीको जस्तै चलिरहेको तीव्र बेगको हावाका कारण आगो नियन्त्रणमा समस्या भएको प्रहरीले जनाएको छ।
तीव्रगतिको हावा चलेकै कारण पछिल्लो समय जिल्लाको विभिन्न स्थानमा दैनिक जसो आगलागीको घटना भइरहेको प्रहरीले जनाएको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे