२०८२ बैशाख ३०, मंगलबार
निर्माण कम्पनीले तनहुँको म्याग्दे खोलामाथि प्रिकाष्ट प्रविधिबाट पुल राख्न सुरु गरेको चाइनिज कन्ट्रयाक्टरका इन्जिनियर अनुप श्रेष्ठले जानकारी दिए । निर्माणलाई तीव्रताका साथ अघि बढाइएको बताउँदै उनले हालसम्म २३ प्रतिशत काम भएको जानकारी दिए । निर्माणमा कतिपय ठाउँमा खानेपानीका पाइप, बिजुलीका पोलले समस्या पारेको उनले बताए ।
पोखरा महानगर प्रमुखद्वारा निर्माणाधीन सडकको अनुगमन
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले निर्माणाधीन मुग्लिन–पोखरा सडकखण्डको अनुगमन गरे । सञ्चारकर्मीसहित महानगरप्रमुख आचार्यले चिनियाँ निर्माण कम्पनीका प्रतिनिधिसँग निर्माणाधीन सडकको अवस्थाका साथै प्रिकाष्ट प्रविधिमार्फत म्याग्दे खोलामा राख्न लागिएको पुललगायतका विषयमा जानकारी लिए ।
आवतजावत सहज बनाउन यथाशक्य चाँडो सडक निर्माण सम्पन्न गर्न सम्बद्ध निर्माण कम्पनी एवं सरोकारवाला निकायसँग निरन्तर छलफल गरिरहेको उनले बताए ।रासस
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे