२०८२ बैशाख ३०, मंगलबार
शनिवार बिहान ६ः३० बजे जयश्री फुड्सको प्राङ्गगणमा रक्तदान कार्यक्रम हुने जयश्री फुड्सका सञ्चालक एवं जयश्री च्यारिटी नेपालका अध्यक्ष पवनकुमार अग्रवालले जानकारी दिनुभयो।
उद्योग स्थापना भएको १२ औँ वर्ष प्रवेशको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरेको अग्रवालले बताउनुभयो। जयश्री फुड्स तथा च्यारिटी नेपालले सामाजिक उत्तरदायित्व अन्तर्गत ५ वटा रक्तदान कार्यक्रम सम्पन्न गरिसकेको छ।
गर्मीयाममा चितवन, नवलपुर तथा देशैभर भएको रक्त अभावलाई मध्यनजर गर्दै मानवीय सहयोग जस्तो पुण्य कार्यमा सरिक भइदिनहुन पनि जयश्री फुड्सका व्यवस्थापक अमित अग्रवालले सम्पूर्ण रक्तदाताहरूलाई अनुरोध गर्नुभयो।
जयश्री फुड्सले यसअघि पनि नेपाल रेडक्रस सोसाईटीसँगको सहकार्यमा नियमित रक्तदान कार्यक्रम गर्दै आएको छ । रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी, ब्लड बैंक, गैँडाकोट ९ स्थित नवजागरण ग्रामिण विकास केन्द्रको सहयोगमा रक्तदान कार्यक्रम गर्न लागेको हो । ‘प्रबल जनसेवाश्री’ मानपदवीबाट विभूषित व्यवसायी पवनकुमार अग्रवालले उद्योग र च्यारिटी दुवै सञ्चालन गर्नुभएको हो ।
यसले कोभिडका बेला गरिएको लकडाउनका समयमा देशका विभिन्न स्थानमा राहत वितरण गर्नुका साथै मठ मन्दिर निर्माण, विकासका कार्यमा हातेमालो, स्कुलमा विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने, असहाय व्यक्तिलाई सहयोग गर्ने लगायतका कार्य गर्दै आईरहेको छ । जयश्री उद्योगले चामल, चिउरा, सोयाबिन लगायतका खाद्य सामग्री उत्पादन गर्दै आएको छ ।
६ वर्षअघि २०७५ सालमा काठमाडौँ महानगरपालिकामा दर्ता भएको जयश्री च्यारिटी नेपाल गैरनाफामुलक सामाजिक संस्था हो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे