२०८२ बैशाख २८, आईतबार
जिल्ला कारागार चितवनका प्रमुख कमलप्रसाद आचार्यले बढ्दो गर्मीसँगै कारागारमा सरुवा रोग फैलन सक्ने भएकाले स्थानान्तरण गरिएको बताए । यहाँ रहेका कैदीबन्दीलाई पनि सतर्कता अपनाउन भनिएको उनको भनाइ छ ।
“क्षमताभन्दा बढी कैदीबन्दी रहेकाले सरसफाइ, खानपानलगायत कुरामा विशेष ध्यान दिन भनेका छौँ”, आचार्यले भने, “यो समयमा लामखुट्टेको टोकाइबाट बाँच्न झुलको प्रयोग गर्ने, सफा पानी पिउने, नियमित सरसफाइ गर्नेलगायत कुरामा विशेष निगरानी राखिरहेका छौँ ।” क्षमताभन्दा बढी कैदीबन्दी हुँदा कुनै पनि रोगको सङ्क्रमण तीव्र हुने भएकाले थप सतर्कता अपनाइएको उनको भनाइ छ ।
कैदीबन्दी भेट्न आउने आफन्तलाई समेत माक्सको प्रयोग गर्न र सामाजिक दूरी कायम गर्न अनुरोध गरिएको छ ।
कारागारमा कैदीबन्दीको चाप बढेपछि वैशाखमा मात्रै ६० जनालाई विभिन्न कारागारमा स्थानान्तरण गरिएको कारागार प्रमुख आचार्यले जानकारी दिए । भिमफेदी कारागार कार्यालय मकवानपुर, वीरगन्ज कारागार नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मा स्थानान्तरण गरिएको उनले जानकारी दिए ।
दुई सय ८० जनाको क्षमता रहेको कारागारमा अहिले सात सय ३५ जना कैदीबन्दी छन् । २५ जनाको क्षमता रहेको महिला बन्दी गृहमा ४० जना, उनीहरूसँग आश्रित दुई बालबालिका र दुई सय ५५ क्षमता रहेको पुरुष बन्दी गृहमा छ सय ९५ जना छन् ।रासस
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे