२०८२ बैशाख २१, आईतबार
गैँडाकोट नगरपालिका वडा नं. १ मजुवा सामूदायिक वन स्थित नारायणी नदी किनारमा दुईजना पुरुष र एक महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
माछा मार्न नदीमा पुगेका माझीले शवहरु देखेपछि आज विहान ९ वजे प्रहरीलाई खबर गरेका थिए । तीनवटा शवहरु मध्ये एक महिला र एक पुरुष ४५ वर्ष उमेर समुह र अर्का एक पुरुष ६० वर्ष उमेर समुहको रहेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी गैँडाकोटका प्रहरी निरीक्षक हस्त बहादुर सुनारको कमाण्डमा गएको प्रहरीको टोली मुचुल्का उठाई शवहरु पोष्ट मार्टमका लागि भरतपुर अस्पताल पठाएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे