२०८२ बैशाख २०, शनिबार
दिउसो अन्दाजी ३ बजेको समयमा भरतपुर २९ नारायणघाट मुग्लिङ सडक खण्डको भतेरी भन्ने स्थानमा गुडिरहेको तेलको ट्याङ्करमा बस ठोक्किन गई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले बताउनुभयो।
नारायणघाट बाट पोखरा जाँदै गरेको ग २ ख १४०१ नम्बरको बस सोहि दिशावाट जाँदै गरेको ना७ख ५४९१ नम्बरको पट्रोल बोकेको तेल ट्याङकरको पछाडि ठोक्किँदा बसमा सवार १६ जना यात्रीहरु घाईते भएका छन्।
घाईतेको उपचारको लागी नयाँ मेडिकल कलेज र पुरानो मेडिकल कलेज भरतपरमा पठाईएको छ। घाईतेमध्ये नयाँ मेडिकल कलेजमा १० जनाको उपचार भैरहेको छ। जसमध्ये १ जना गम्भिर रहेको र ९ जनाको स्वास्थ्य अवस्था मध्यम रहेको छ। साथै पुरानो मेडिकल कलेजमा १ जना र भरपुर सरकारी अस्पतालमा ४ जना को उपचार भैरहेकोमा उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जानकारी दिएको छ।
दुवै सवारी साधन र तेल ट्याङकर नियन्त्रणमा रहेको र घटनाको बारेमा थप अनुसन्धान भैरहेको रिजालले बताउनुभयो।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे