२०८२ बैशाख १९, शुक्रबार
बिहिबार साँझ करिब ०६:१० बजेको समयमा भरतपुर १ भतेरी जङ्गल स्थित नारायणगढ मुग्लिङ सडक खण्डमा नारायणगढबाट मुग्लिङ तर्फ जाँदै गरेको ना ६ ख ५९९६ नं.को कन्टेनर र विपरीत दिशाबाट आउदै गरेको DD01L9161 नं. को इन्डियन ट्रक एक आपसमा ठोक्किई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिनुभयो।
दुर्घटनामा DD1L9161 नं.को भारतीय ट्रक चालक भारत उत्तर प्रदेश बस्ने वर्ष २४ को हेहताव आलमको भरतपुर सरकारी अस्पताल लगिएकोमा राती ७:२० मा डाक्टरले मृत घोषणा गरेका थिए।
सोहि ट्रकको सहचालक भारत जिल्ला गोरखपुर बस्ने वर्ष २२ को सावन अहमद नयाँ मेडीकल कलेजमा उपचार भई रहेको र निजको अवस्था गम्भिर रहेको प्रहरीले बताएको छ।
साथै ना ६ ख ५९९६ न.को कन्टेनर चालक पर्सा जिल्ला विरगञ्ज महानगरपालिका २४ वस्ने अन्दाजी वर्ष ४० को प्रमोद पटेलको समेत राती भरतपुर सरकारी अस्पताल लगिएकोमा ७:२० मा डाक्टरले मृत घोषणा गरेका थिए।
दुबै सवारी साधन घटनास्थलवाट आवश्यक कानूनी प्रकृया पुरा गरी हटाई घटनाको बारेमा थप अनुसन्धान भैरहेको रिजालले बतार्नुभयो।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे