• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ कार्तिक १३, बिहिबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

भिमफेदी कारागारबाट भागेका कैदीको नवलपुरको गैँडाकोटमा हत्या

२०८२ कार्तिक ८, शनिबार
२

चितवनमा इभी माईक्रो र्‍याकरमा ठोक्किँदा ९ जना घाइते (नामावलीसहित)

२०८२ आश्विन १४, मंगलबार
३

नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

२०८२ आश्विन १४, मंगलबार
४

नवलपुरमा “टिम्बर ट्रपिकल रिट्रीट होटल” सञ्चालनमा

२०८२ आश्विन १४, मंगलबार
५

यी हुन् हमासले पहिलो चरणमा रेडक्रसलाई हस्तान्तरण गरेका ७ बन्धकहरु

२०८२ आश्विन २७, सोमबार
६

बस दुर्घटना हुँदा २ जनाको मृत्यु , ४० बढी घाइते

२०८२ आश्विन १७, शुक्रबार
७

चितवनमा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

२०८२ आश्विन २२, बुधबार
८

नेपाल सन् २०२६ मा भारत र श्रीलङ्कामा हुने टी-२० विश्वकपका लागि छनोट

२०८२ आश्विन २९, बुधबार
९

यी चार प्रदेशमा मेघगर्जन र चट्याङ सहित बर्षाको सम्भावना

२०८२ आश्विन २१, मंगलबार
१०

दशैँका लागि तीनसय च्याङ्ग्रा लिएर लोकबहादुर डोल्पादेखि बागलुङ आईपुगे

२०८२ आश्विन १४, मंगलबार
११

मौलाकालिका मन्दिरबाट फर्किँदै गरेको अटो दुर्घटनामा ४ जना घाइते

२०८२ कार्तिक ८, शनिबार
१२

३६ जना प्रमुख जिल्ला अधिकारीको सरुवा (नामावलीसहित)

२०८२ कार्तिक ९, आईतबार

देवचुलीका किसानको आम्दानीको बलियो स्रोत बन्दै भुइँकटहर खेती

नवलपुर अनलाइनप्रकाशित मिति: २०८१ श्रावण २२, मंगलबार

  • २०५ पटक पढिएको
  • देवचुली। नवलपुरको देवचुली नगरपालिका–५ मा पर्ने बन्दीपुरका पाखाहरू अहिले भुइँकटहरले ढाकेका छन् । स्थानीयवासी भुइँकटहर टिपेर बजारसम्म पुर्याउन हिजोआज व्यस्त छन् । पहाडी क्षेत्रअन्तर्गत पर्ने यो गाउँका किसानका लागि भुइँकटहर आम्दानीको बलियो स्रोत बनेको छ ।

    बन्दीपुरका तुलबहादुर फालमगरले करिब तीन हेक्टर पहाडी पाखोमा भुइँकटहर लगाएका छन् । गत वर्ष खर्च कटाएर रु दुई लाख ५० हजार आम्दानी गरेका  उनले यस वर्ष भुइँकटहर राम्रो भएकाले रु तीन लाख बढी आम्दानी हुने बताए । “गत वर्षभन्दा यस वर्ष राम्रो भुइँकटर फलेको छ, भाउ पनि राम्रो छ, यसपालि आम्दानी बढ्ने देखिएको छ”, उनले भने ।

    भुइँकटरलाई वर्षमा एकपटक मात्र गोडमेल गरे पनि राम्रो आम्दानी लिन सकिने उनको अनुभव छ । रेखदेख राम्रो गरे फल पनि राम्रो लाग्ने उनले बताए । अन्य बाली लगाउँदा खासै केही नहुने पहाडी पाखोमा भुइँकटर आम्दानीको बलियो स्रोत बनेको उनले बताए। “यस पाखोमा अरु लगाएर खासै केही हुँदैनथ्यो, भुइँकटहरले राम्रो आम्दानी दिएको छ, माग पनि राम्रो छ”, तुलबहादुरले भने ।

    अहिले भुइँकटर प्रतिगोटा रु ५५ देखि रु एक सयसम्ममा बिक्री गर्ने गरेको उनले बताए । भुइँकटर लिन व्यापारीहरू गाउँमै आउने गरेको उनले बताए । पहिले बन्दीपुरसम्म यातायातको सुविधा नहुँदा डोकोमा स्थानीय बजार पुर्याउनुपर्ने बाध्यता रहेकामा अहिले त्यो बाध्यता हट्नाले थप सुविधा भएको अर्का किसान होमबहादुर दिसुवाले बताए । गत वर्षसम्म बन्दीपुरसम्म यातायातको पहुँच नहुँदा बर्खामा भुँइकटहर बजार पुर्याउन समस्या हुने गरेकामा अहिले कालोपत्र सडक गाउँ पुग्दा बजारीकरणमा सुविधा भएको उनले बताए ।

    गण्डकी प्रदेश सरकारको लागनीमा मुण्डे–कीर्तिपुर–बन्दीपुर सडक कालोपत्र भएपछि उत्पादन भएको भुइँकटर नारायणगढ, बुटवल, भैरहवासम्मका व्यापारीले गाउँमै आएर खरिद गरी लैजाने गरेको उनले बताए । एक हेक्टर क्षेत्रमा भुइँकटर लगाएका होमबहादुरले यसको बिक्रीबाट आउने आम्दानीले घरखर्च चलाउन सहज हुने जानकारी दिए ।

    बन्दीपुरका करिब ४० घरपरिवार सबैले भुइँकटर लगाएका छन् । दुई याममा उत्पादन हुने भुइँकटहर यहाँका स्थानीयको आम्दानीको स्रोत बनेको छ । पाकेपछि सिधैँ बजारमा नगदमा बिक्री हुने हुँदा यसको खेतीमा यहाँका स्थानीयको आकर्षण बढेको छ । गत वर्षमात्र यहाँका किसानले करिब रु ५० लाख बराबरको भुइँकटहर बिक्री गरेको तुलबहादुरले बताए ।

    देवचुली नगरपालिकाअन्तर्गत पर्ने बन्दीपुर गाउँमा राम्रो भुइँकटर उत्पादन हुने भएकाले यस गाउँलाई भुइँकटहरको पकेट क्षेत्र निर्माण गर्ने गरी चालु आर्थिक वर्षमा कार्यक्रम तय गरिएको देवचुली नगरपालिकाका प्रमुख हरिप्रसाद न्यौपानेले बताए । बन्दीपुरको भुइँकटहर बजारीकरणका लागि पालिकाले सहयोग गर्दै आएको र अन्य सङ्घसंस्थासँग मिलेर किसानलाई भुइँकटहरखेतीतर्फ आकर्षित गर्नेगरी काम गरिने उनले जानकारी दिए । भुइँकटरकै माध्यमबाट बन्दीपुरका स्थानीयको आर्थिक विकास गर्न सकिने भएकाले यसलाई लक्ष्यित गरी काम गरिने नगरप्रमुख न्यौपानेले बताए ।  रासस

  • भुइँकटहर खेती
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ/कृषि सम्बन्धि थप
  • युएईविरुद्ध कप्तान रोहित पौडेलको अर्धशतक

  • अन्नपूर्ण बेशक्याम्पबाट १६२ जनाको सशस्त्रबाट उद्वार

  • शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने

  • विश्वकप लिग–२: नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दै

  • समाचार
  • १

    युएईविरुद्ध कप्तान रोहित पौडेलको अर्धशतक
    २०८२ कार्तिक १३, बिहिबार

  • २

    अन्नपूर्ण बेशक्याम्पबाट १६२ जनाको सशस्त्रबाट उद्वार
    २०८२ कार्तिक १३, बिहिबार

  • ३

    शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने
    २०८२ कार्तिक १३, बिहिबार

  • ४

    विश्वकप लिग–२: नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दै
    २०८२ कार्तिक १३, बिहिबार

  • ५

    तिलिचो घुम्न गएका १३ नेपाली सहित १५ जना बेसक्याम्पमा अलपत्र
    २०८२ कार्तिक १३, बिहिबार

  • ६

    ‘मोन्था’ चक्रवातको आंशिक प्रभावले विभिन्न स्थानमा वर्षा हुने
    २०८२ कार्तिक १३, बिहिबार

  • ७

    हिडन भ्यालीमा अलपत्र १५ पर्यटकको उद्धारकालागि सुरक्षाकर्मीको टोलि पठाइयो
    २०८२ कार्तिक १२, बुधबार

  • ८

    नवलपुरको अमलटारीघाट हुँदै चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारीको अनुमति
    २०८२ कार्तिक १२, बुधबार

  • ९

    रुपन्देहीमा इभी गाडी दुर्घटना ३ जनाको मृत्यु , ४ जना गम्भीर
    २०८२ कार्तिक १२, बुधबार

  • १०

    मुस्ताङमा भारी हिमपात, सवारी आवागमनमा समस्या
    २०८२ कार्तिक १२, बुधबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    २

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ३

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ४

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ५

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ६

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ७

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ८

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution