२०८२ जेष्ठ ३, शनिबार
बंगालको खाडीबाट प्रवाह हुने जलवाष्फयुक्त हावाको प्रभावको कारण २०८१ असोज ०८ गते मंगलबार दिउँसो देखि देशभर आंशिक देखि साधारणतया बदली रहने छ।
लुम्बिनी प्रदेशका पश्चिमी भू-भाग तथा सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षा तथा केही स्थानहरुमा मध्यम वर्षा र एक – दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशका बाँकी भू-भाग, कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश तथा कर्णाली प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको तथा मधेश प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
सो वर्षाले विषेशतः कृषि क्षेत्रमा प्रभाव पार्ने देखिएकोले कृषि कर्महरु शूरु गर्नु भन्दा अगावै अध्यावधिक मौसम जानकारी तथा पूर्वानुमान नियमित हेर्नुहुन अनुरोध छ।
तसर्थ, वर्षाको कारण भू-क्षय, बाढी, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको र मनसुनमा रातीको समयमा पानी पर्ने सम्भावना बढि हुने गरेकोले शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जन-जीवन, कृषि, स्वास्थ्य, पर्यटन,सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउनु हुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे