२०८२ बैशाख २२, सोमबार
दुर्घटनामा परी १३ यात्रु घाइते भएका छन् । मृत्यु हुनेमा धनकुटा नगरपालिका ६ की ७३ वर्षीया कृष्णकुमारी राई भुजेल रहेको धनकुटा जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिनुभयो ।
घाइते मध्ये चार जनाको अवस्था गम्भीर रहेको बताइएको छ । को १ ख २१७७ नंबरको यात्रुवाहक बस अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
धनकुटा बजारबाट करिब ३ किलोमीटरको दुरीमा सडकबाट करिब ५० मीटर तल खसेर दुर्घटना भएको जनाइएको छ ।
उनको धनकुटा जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। अन्य घाइतेहरुको जिल्ला अस्पताल तथा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे