२०८२ बैशाख २६, शुक्रबार
नगरपालिकाको ७० लाख ३ हजार ३८ रुपैँयाको लागतमा निर्माण हुन लागेको सो भवनको आज नगर प्रमुख मदनभक्त अधिकारीले शिलान्यास गर्नुभयो ।
प्रमुख अधिकारीले गैँडाकोट नगरपालिकाका सबै वडाभित्र वडा कार्यालय बनाउने निर्णय गरेको स्मरण गर्दै सोहीअनुसार वडा कार्यालय भवन निर्माण अगाडि बढिरहेको उल्लेख गर्नुभयो । उहाँले भवन निर्माणसँगै जनताले सहज सेवा प्राप्त गर्नसक्ने हुँदा तोकिएकै समयमा निर्माण सम्पन्न गरिसक्नुपर्ने बताउनुभयो ।
न्यू बील्ड कोन डिजाईन एण्ड डेभलर्पसले निर्माण गर्न लागेको वडा कार्यालय भवन असौज मसान्तसम्म गरिसक्नुपर्ने सम्झौता भएको छ ।हालसम्म गैँडाकोट नगरपालिका वडा नं. ४,६,७,९,१०,११ र १२ ले आफ्नै कार्यालयबाट सेवा प्रदान गर्दै आएका छन् भने केहि वडा कार्यालयहरु निर्माणाधीन अवस्थामा रहेका छन् ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे