२०८२ जेष्ठ ४, आईतबार
कक्षा १२ का परीक्षा दिएका विद्यार्थीहरूका लागि विशेष छुट सुविधा दिएकामा एकैपटक ठूलो सङ्ख्यामा विद्यार्थीहरू पार्क पुगेपछि पार्क प्रशासनले प्रवेश रोकेपछि विवाद भएको थियो । त्यही विषयलाई लिएर विद्यार्थी र व्यवस्थापनबीच विवाद चर्किएर विद्यार्थीले ढुङ्गामुढा गरेको थियो ।
स्थितिलाई नियन्त्रणमा लिने क्रममा पाँचजना प्रहरी घाइते भएका छन् भने दश जना विद्यार्थीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक सञ्जीव यादवले जानकारी दिनुभयो ।
झडपका क्रममा विद्यार्थीले प्रहार गरेको ढुङ्गामुढाबाट पार्कको मूल गेट, छेउका संरचना र सजावटमा क्षति पुगेको छ । क्षतिको विस्तृत विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ ।
जनकपुरधाम उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष एवं उद्योग वाणिज्य सङ्घ मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष जितेन्द्र महासेठले वन्डरल्यान्ड वाटर पार्कमा घटेको घटनाप्रति दुःख व्यक्त गर्नुभयो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे