२०८२ अषाढ २९, आईतबार
बुधबार बिहान करिब ११:३० बजेको समयमा चितवनको इच्छाकामना गा.पा. १ क्याङसिराङ बस्ने वर्ष ५१ को बिरु चेपाङलाई चट्याङ्गले लागेको थियो।
मृतक बिरु चेपाङ र निजको भतिज सोही स्थान बस्ने बर्ष ३२ को दिल बहादुर चेपाङ बाटोमा हिँडिरहेको अवस्थामा अचानक चट्याङ परी चट्याङ लाग्दा बिरु चेपाङको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।
चट्याङ्ग लागेर दिल बहादुर चेपाङ सामान्य घाइते भएका छन्। घाइतेलाई उपचारको लागि भरतपुर अस्पताल लगिएको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे