२०८२ जेष्ठ २७, मंगलबार
ciaa
बैङ्कबाट प्रवाह हुने ऋण प्रक्रियामा सहजीकरण दिने भनी घुस लिएको आरोपमा आयोगले अधिकारीलाई तीन वटा भ्रष्टाचार मुद्दा दायर गरेको हो । आयोगका अनुसार अधिकारीले तीन वटा फरक फरक व्यापारिक समूहलाई बैङ्कबाट ऋण प्रवाहमा सहजीकरण गरिदिएबापत घुस लिएका थिए ।
अध्यक्ष अधिकारीसमेतको संलग्नतामा रुपन्देही सिद्धार्थनगर–१, बेलहियामा भुसाल हस्पिटालिटी अन्तर्गतको र्याडिसन प्रोजेक्टलाई एक अर्ब ७७ करोड २९ लाख ८६ हजार ७६७ रुपियाँ ऋण प्रवाहमा सहजीकरण गरिदिएबापत १९ लाख रुपियाँ घुस लिएको आरोप छ । आयोगले २०८१ माघ २३ गते घुसबापत लिएर सटही गरेको चेकको विवरण, ट्रान्सफर गरिएको रकमको विवरणसमेतका कागजात अधिकारीको घरबाट बरामद गरेको थियो ।
त्यस्तै तनहुँको आँबुखैरेनीमा रहेको अकलादेवी ट्रेडर्सलाई २५ करोड रुपियाँ ऋण दिलाइदिएबापत ५० लाख रुपियाँ घुस लिएको आरोपमा दोस्रो मुद्दा दायर भएको छ । त्यस्तै काठमाडौँ महानगरपालिका–३२ मा रहेको हिमाल–तराई कन्स्ट्रक्सनलाई पनि ऋण प्रवाह गरिदिन्छु भन्दै पाँच लाख रुपियाँ घुस लिएको आरोपमा तेस्रो मुद्दा दायर भएको छ ।
आयोगले अधिकारीसहित यस कार्यमा संलग्न विभिन्न व्यक्तिलाई घुस लिएबापतको रकमबराबर बिगो तथा भ्रष्टाचार निवारण ऐन अनुसार कारबाही माग गरेको छ । गोरखापत्रबाट
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे