२०८२ कार्तिक २३, आईतबार
भेषावकरले आइतबार हङकङ सिक्सेस प्रतियोगितामा नेपालको अन्तिम खेल सकिएसँगै सन्यास लिएको बताएका छन् ।
भेषावकरको कप्तानीमा नेपालले हङकङ सिक्सेस खेलेको हो । उनले यस प्रतियोगिताअघि नै प्रतियोगिता खेलेपछि सन्यास लिने बताएका थिए।
३७ बर्षिय भेषावकरले नेपालका लागि ४ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन् र उनले कुल ६६ रन बनाएका छन् । त्यस्तै उनले २० टी- २० खेल खेलेका छन्, जसमा ३२५ रन बनाएका छन् । उनले नेपालको राष्ट्रिय टिमबाट अन्तिम पटक २०२२ मा आयरल्याण्डविरुद्ध टी-२० खेल खेलेका थिए ।
उनले नेपालका लागि पहिलो खेल भने २००४ मा युएईविरुद्ध फर्स्ट क्लास खेलमा डेभ्यु गरेका थिए ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे