समाजका अध्यक्ष डा. रामप्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष जिवलाल भुसाल, महासचिव तोयनारायण सुवेदीसहित समाजका करिब १५० सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।कार्यक्रममा प्रविधिक सहयोग त्रिभुवन विश्वविद्यालय रक्तसञ्चार तथा अनुसन्धान केन्द्र र स्टार हस्पिटल प्रालि, काठमाडौँले प्रदान गरेका थिए।
अध्यक्ष डा. घिमिरेले पवित्र मानिएको रक्तदान जस्तो कार्यमा सहभागी भई मानवीय धर्म निर्वाह गरेकोमा सबैप्रति आभार प्रकट गर्नुभयो।समाजका सदस्य दिपक पन्थीले सबैको सहकार्य, सहभागिता र सद्भावनाको बलमा समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिने उल्लेख गर्दै आगामी दिनमा पनि मानवीय सेवामा सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
गुल्मी जिल्लाबाट मात्रै हाल ३२०० भन्दा बढी सरकारी अधिकृतहरू सेवामा रहेका छन्। तीमध्ये ४०० आजीवन सदस्यहरू गुल्मेली अधिकृत समाजमा आबद्ध छन्। समाजको स्थापना वि.सं. २०७० मा गरिएको हो, जसले सामाजिक उत्तरदायित्वसँगै आपसी सद्भाव, सहयोग र प्रेरणाको अभिवृद्धि गर्दै आएको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे