२०८२ अषाढ २९, आईतबार
आगामी आर्थिक बर्षका लागि बजेट सार्वजनिक गर्दै चालुतर्फ ५० करोड १ लाख ४८ हजार (४८.१६ प्रतिशत) र पूँजीगततर्फ ५३ करोड ८३ लाख ६५ हजार (५१.८४ प्रतिशत) विनियोजन गरेको नगर उपप्रमुख कविता उप्रेतीले बताउनुभयो।
बैशाख मसान्तसम्म पालिकाले १३ करोड २ लाख ४७ हजार राजश्व संकलन गरेको छ। चालु चालु आर्थिक बर्षमा पालिकाले १९ करोड ४७ लाख आन्तरिक राजश्व उठाउने लक्ष्य लिएको थियो।
पालिकाले आगामी आर्थिक बर्ष आन्तरिक आय १९ करोड ८० लाख ५० हजार, संघीय सरकारको सशर्त अनुदान २६ करोड ४४ लाख, संघीय समानीकरण अनुदान १५ करोड ५४ लाख, संघीय राजश्व बाँडफाँडबाट १२ करोड ३८ लाख ५३ हजार, संरक्षित बन रोयल्टी ७८ लाख ४० हजार, सङ्घीय सरकार विषेश अनुदान ५ करोड १० लाख, समपरूक अनदुान ३ करोड २४ लाख, प्रदेश सरकारबाट सशर्त अनदुान ३ करोड १४ लाख १० हजार, प्रदेशको समानीकरण अनुदान १ करोड ६३ लाख ७६ हजार, प्रदेश सरकार राजश्व बाँडफाँडमा सवारी साधान करबाट ७ करोड १८ लाख, प्रदेश सरकार समपूरक अनुदान २ करोड २२ लाख, प्रदेश सरकार विषेश अनुदान ६५ लाख, सडक बोर्ड नेपालबाट ५० लाख, लागत सहभागिताबाट ५० लाख, चालु आवको अनुमानित बैंक मौज्दात ४ करोड ४० लाख गरी कुल जम्मा १ अर्ब ३ करोड ८५ लाख १३ हजार ३ सय ५० आय प्राप्त हुने नगरपालिकाको अनुमान छ ।
पालिकाले चालु आर्थिक बर्षमा जस्तैं आगामी आर्थिक बर्षमा पनि सबै वडाका लागि १७ करोड २६ लाख बजेट विनियोजन गरेको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद सापकोटाले चालु आर्थिक बर्षको जेठ मसान्तसम्म चालु खर्च ३५ करोड १२ लाख ४० हजार अर्थात ६७।७३ प्रतिशत र पूँजीगत खर्च ३७ करोड ३२ हजार रकम अर्थात ६२।१९ प्रतिशत खर्च भएको जानकारी दिए । असार समान्तसम्म चालु र पूँजीगत खर्च केही बढ्ने प्रमुख प्रशासकिय अधिकृत सापकोटाले जानकारी दिए ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे