२०८२ अषाढ २९, आईतबार
इलामको सूर्योदय नगरपालिकाकी एक महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको हो ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पछिल्लो पटक २०८० साल वैशाख २१ गतेदेखि कोरोना सङ्क्रमणका कारण कसैको मृत्यु भएको थिएन । कोरोना सङ्क्रमण सबैभन्दा बढी बागमती प्रदेशमा १ सय ४७, कोशी प्रदेशमा सात, मधेश प्रदेशमा पाँच, गण्डकी प्रदेशमा तीन र सुदुरपश्चिम प्रदेशमा २१ जना छन् ।
टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जिन सिक्वेसिङ गर्दा नेपालमा ओमिक्रोनका विभिन्न नयाँ सबभेरिएन्ट पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
विशेषगरी भारतबाट फर्कनेमा सीमा नाकामा रहेका हेल्थ डेक्समा आरडिटी परीक्षण गर्दा कोरोना पुष्टि हुने क्रम बढ्दो छ । ओमिक्रोनको सब भेरिएन्ट कोभिड–१९ गराउने सार्स कोभ–२ भाइरसको ओमिक्रोनको विकसित रूप हाे ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे