चितवन – भरतपुर महानगरपालिका वडा नम्बर १० मा रहेको अर्किड स्कुलका तीन जना विद्यार्थीहरूले एसईई २०८१ मा ४ जीपीए प्राप्त गरेका छन्।
विद्यालयका अनुसार स्नेहा आचार्य, सुशील सुवेदी र समृद्धि रेग्मीले ४.० जीपीए ल्याउन सफल भएको स्कुलका प्रिन्सिपल खेम आचार्यले जानकारी दिनुभयो
त्यस्तै ३.९ भन्दा माथी जीपिए ल्याउने २३ जना, ३.८० भन्दा माथी जीपीए ल्याउने ४५ जना, ३.७० भन्दा माथी जीपीए ल्याउने ६० जना रहेका छन्। ३.६० भन्दा माथी जीपीए ल्याउने ७५, ३.२ देखि ३.६ जीपीएसम्म ल्याउने ४१ जना रहेका म्यानेजिङ डाइरेक्टर आकाश पौडेलले बताउनुभयो। साथै २.८ देखि ३.२ जीपीएसम्म ल्याउने ९ जना र २.८ जीपीएसम्म ल्याउने २ जना रहेका छन्।
विद्यार्थीकहरुको निरन्तर मेहनत, नियमित अध्ययन, अभिभावकको साथ र शिक्षकहरूको मार्गदर्शनले गर्दा यस्तो उपलब्धि सम्भव भएको हो।
“Excellence is our habit” भन्ने नाराका साथ अर्किड स्कुलले ‘Love, Respect, Care, Collaboration, Smartness’ लाई आधार मानेर शिक्षा दिँदै आएको छ। अर्किड स्कूल बिभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय अवार्डहरुबाट समेत सम्मानीत चितवनकै उत्कृष्ट विद्यालयको रुपमा रहेको छ। विद्यालयबाट २०८१ को एसइईमा सहभागी भएका १२७ विद्यार्थी उत्तीर्ण भएका छन्।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे