• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ मंसिर १९, शुक्रबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

सेन्ट्रल कलेजको बसको ठक्करबाट चितवनमा मोटरसाइकल चालकको मृत्यु , ३ जना घाइते

२०८२ मंसिर ४, बिहिबार
२

वर्ल्डलिंकले ल्यायो ‘सिक्सजी वाई-फाई’, स्पिड ४ गुणा फास्ट हुने

२०८२ कार्तिक २३, आईतबार
३

युवा नेतृत्व: परिवर्तनको बाटो कि भुलभुलैया?

२०८२ मंसिर १४, आईतबार
४

अस्ट्रेलिया सवारी दुर्घटनामा चितवनका एकै परिवारका ३ जनाको मृत्यु

२०८२ कार्तिक २७, बिहिबार
५

७३ वर्षीय टीकारामले कमाउछन् मौरीपालनबाट वार्षिक १५ लाख रुपैँया

२०८२ कार्तिक १९, बुधबार
६

कुखुरा पालनबाट अर्जुनले कमाउँछन् मासिक एक लाख रुपैँया

२०८२ कार्तिक ३०, आईतबार
७

रास्वपाका प्रमाणित सदस्य संख्या एक लाख ७३ हजार

२०८२ कार्तिक २२, शनिबार
८

बारा जान नपाएपछि महेश बस्नेत भन्छन्- यस्तो अवरोधबाट विचलित हुदैनौ

२०८२ मंसिर ३, बुधबार
९

प्रधानमन्त्रीको नियुक्तिविरुद्धको रिटमा सर्वोच्चबाट अन्तरिम आदेश दिन अस्वीकार

२०८२ कार्तिक १९, बुधबार
१०

नवलपुरमा छोराको कुटपिटबाट बुबाको मृत्यु

२०८२ मंसिर १०, बुधबार
११

अस्थायी करार कर्मचारीलाई सासु कोषमा आवद्ध हुन हुप्सेकोट गाउँपालिकाको अनुरोध

२०८२ कार्तिक २९, शनिबार
१२

कतैबाट धम्की आएमा युवा संघलाई खबर गर्नू- केपी ओली

२०८२ कार्तिक २३, आईतबार

९२ वर्षीया वृद्धाले जिउनी बेचेर राखेको १६ लाख सहकारीमा फस्यो

नवलपुर अनलाइनप्रकाशित मिति: २०८२ अषाढ १४, शनिबार

  • १९८ पटक पढिएको
  • रमेशकुमार पौडेल, चितवन — पूर्व-पश्चिम राजमार्गमा पर्ने चितवनको पूर्वी भेग पर्सा बजारबाट लगभग दुई किलोमिटर उत्तर लागेपछि देखिन्छ- जस्ताले छाएको सामान्य घर । खैहरनी नगरपालिका–३ धुसरीको त्यो घरमा जेठो छोरा जनार्दन गजुरेलसँग बस्छिन्, ९२ वर्षकी खड्गकुमारी गजुरेल । गर्मीले हपक्क हुने यो समयमा पनि खड्गकुमारी जस्ताको छानामुनि नै दिन गुजारिरहेकी छन् । जस्ताको तापभन्दा ठूलो सन्ताप छ उनको मनभित्र ।

    बुढेसकालमा खर्चको जोहो गर्नका लागि खड्गकुमारीले चितवन साहारा बहुद्देश्यीय सहकारी संस्थामा १६ लाख रुपैयाँ राखेकी थिइन् । आफ्नो भाग (बुढ्यौली/जिउनी) को जग्गा बेचेर राखेको पैसा फिर्ता होला/नहोला भन्ने चिन्ताले एक वर्षयता उनी बिरामीजस्तै छिन् । ‘पोहोरसम्म टाठै हुनुहुन्थ्यो । एक वर्षयता त्यत्ति सन्चो छैन । बाहिर फेर खासै निस्कनु हुन्न । बेला-बेलामा पैसाको कुरा झिक्नुहुन्छ,’ जेठा छोरा जनार्दनले भने ।

    आमाको अवस्था देखेर चिन्तित जनार्दनले यो कुरा चितवन साहारा सहकारीपीडित संघर्ष समितिका संयोजक शालिकराम दुवाडीसामु राखे । दुवाडी शुक्रबार खड्गकुमारीलाई भेट्न उनको घर गए । संघर्ष समितिका अन्य साथीसहित पुगेका दुवाडीले खड्गकुमारीलाई चिन्ता नलिन सम्झाइबुझाइ गरे । ‘मेरो त सर्वश्व त्यही पैसा हो । सकेसम्म फिर्ता ल्याइदिनु है बाबु,’ खड्गकुमारीले बरर्र आँसु झार्दै अनुरोध गरिन् ।

    सिन्धुपाल्चोकबाट बसाइँ सरेर खड्गकुमारीको परिवार २०२६ सालको जेठमा चितवन जुटपानीको सूर्यपुर आएको थियो । ६ वर्षपछि श्रीमान् खडानन्द गजुरेलले परिवारलाई फेरि सूर्यपुरबाट अझै पूर्व धुसेरी सारे । पति खडानन्दको २०६७ सालमा निधन भयो । पतिले जोडेको जमिन तीन भाइको अंश लगाएर खड्गकुमारीको नाममा पनि केही राखियो । उमेर ढल्कँदै गएपछि खड्गकुमारीलाई सप्ताह लगाउने रहर जाग्यो ।

    वैष्णव सम्प्रदायको गजुरेल परिवार धर्मकर्ममा धेरै विश्वास राख्छ । आमाको इच्छा पूरा गर्न खड्गकुमारीका तीन छोराले सल्लाह गरे । दाजुभाइको सरसहयोगले मात्रै सप्ताहको खर्च पूरा हुने नदेखेपछि आमाको नामको जग्गा बेच्ने निधो गरे । जग्गा बेचेर सप्ताह लगाउनुका साथै आमाले देवघाटको मन्दिरमा पनि केही रकम दिएको छोरा जनार्दन बताउँछन् ।

    त्यसपछि बचेको १६ लाख रुपैयाँ छोराहरुले आमाको नाममा खाता खोलेर पर्सा बजारको बैंकमा मुद्दती खातामा राखेका थिए । बैंकले ९ प्रतिशत ब्याज दिन्थ्यो । पछि पर्सादेख केही पूर्वको खुरखुरे बजारमा रहेको एक सहकारीले १३ प्रतिशत ब्याज दिने बतायो । बैंकबाट उनीहरुले पैसा सहकारीमा सारे । चितवन साहारा सहकारीको पर्सा बजारमै शाखा खुल्यो । त्यहाँका प्रतिनिधिले १३ दशमलव ५ प्रतिशत ब्याज दिने प्रस्ताव लिएर घरमै आए ।

    खड्गकुमारीका तीन छोरालाई ब्याजदरले मात्रै तानेको थिएन । साहाराका प्रतिनिधिले तीनतीन महिनामा घरमै आएर ब्याज बुझाउने आकर्षक प्रस्ताव राखे । ‘आमाको उमेर घर्कंदै गएको थियो । घरदेखि पर डोर्‍याउँदै लगेर कति ब्याज बुझ्ने, ब्याज बुझाउन घरमै आउने हो भने विचार गर्ने कि भन्ने भयो,’ माइला छोरा हरिप्रसादले भने । तर सहकारीमा तत्काल पैसा नराख्ने राय राखे कान्छा टीकारामले ।

    साहाराका प्रतिनिधि घर धाउने क्रम रोकिएन । एक दिन टीकाराम सहाराको पर्सा सेवा केन्द्र हेर्न पुगे । ‘त्यहाँको साजसज्जा राम्रै बैंकको भन्दा पनि बढ्ता थियो । मलाई लाग्यो, यसमा राख्नु खतरा छैन । पछि दाजुहरुसँग पनि सल्लाह गरेर लौ यतै सारौं पैसा भन्ने भयो,’ टीकारामले भने ।

    २०७९ साउन ८ गते ६ लाख ५० हजार रुपैयाँ झिकेर साहारामा राखे । साउन ३० मा ९ लाख ५० हजार रुपैयाँ पनि त्यहीँ ल्याएर जम्मा गरे ।

    A 92-year-old woman sold her life and got trapped in the 1.6 lakh cooperativeचितवन साहारा सहकारीपीडित संघर्ष समितिका संयोजक शालिग्राम दुवाडी र खड्गकुमारीसहित उनका तीन छोरा । तस्बिर : रमेशकुमार/ कान्तिपुर

    सर्तअनुसार पहिलो तीन महिनामा ब्याज रकम घरमै आयो । तर त्यसपछि खड्गकुमारीको परिवारले ब्याजको बाटो कुरेको कुर्‍यै भयो । गीतेन्द्रबाबु (जीबी) राई संस्थापक भएर सञ्चालनमा आएको भरतपुरको चितवन साहारा बहुउद्देश्यीय सहकारी संस्थाले पछि जिल्लाको पूर्वी भेग रत्ननगरको टाँडी र खैरहनीको पर्सा बजारमा पनि शाखा विस्तार गरेको थियो । यो सहकारीमा जम्मा भएको पैसा बचतकर्ताले फिर्ता पाउन छाडे । बचतकर्ताको पैसा जीबी राईले नियमविपरीत आफ्ना अन्य निजी कम्पनीमा लगानी गरेको भेटियो ।

    बचतकर्ताहरुको ११ करोड रुपैयाँ जीबी राईको गोर्खा मिडियामा गएको थियो । गोर्खा मिडियाले ग्यालेक्सी फोर के टीभी चलाउँथ्यो । गोर्खा मिडियाका तीन सञ्चालकमध्ये एक रवि लामिछाने पनि थिए । उनी त्यसको प्रबन्ध निर्देशकसमेत थिए । उनी पछि टीभी छाडेर राजनीतिमा आए, चितवन–२ को सांसद तथा गृहमन्त्रीसम्म भए ।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति लामिछानेविरुद्ध साहारा सहकारी बचत रकम अपचलन गरेको भनेर चितवन जिल्ला अदालतमा मुद्दा दायर भएको छ । चितवनबाट धरौटीमा छुटे पनि यस्तै प्रकृतिको बुटवलको सहकारीको मुद्दामा उच्च अदालतले कारागार पठाउन भनेपछि लामिछाने हाल भैरवहा जेलमा छन् । जीबी राई फरार छन् । चितवनका ६ हजार ३३४ बचतकर्ताको ८५ करोड रुपैयाँ सो सहकारीमा फसेको छ ।

    ‘यस्ता वृद्धाको रकम पनि सहकारीका सञ्चालकले हिनामिना गरे । हाम्रो सरोकार चाँडोभन्दा चाँडो बचतकर्ताको रकम फिर्ता होस् भन्ने हो । किनकि खड्गकुमारी आमाजस्तो अति सामान्य व्यक्तिको रकम यसरी डुब्नुभएन,’ साहारा सहकारीबाट बचत फिर्ता नपाएपछि गठन भएको संघर्ष समितिका संयोजक शालिकराम दुवाडीले भने ।

    सहकारीबाट पैसा आउने/नआउने निधो नभएपछि आमाको मन बेचैन बनेको जनार्दन बताउँछन् । ‘आमा कि घरभित्रै सुतेको सुत्यै हो, कि मनमनै केके बोल्नु हुन्छ हुन्छ । यस्तो हालतमा हामीले छाडेर परपर जान पनि सेकेका छैनौं,’ उनले भने ।

    धेरैथोरै जति भए पनि वृद्धवृद्धालाई आफ्नो पैसासँग लगाव हुन्छ । जे पायो त्यसैमा हम्मेसी खर्च गर्दैनन् । दशैं र अन्य पर्व, तिथि अवसरमा खड्गकुमारीले टीका लगाएर दक्षिणा दिने ७०/८० जना छन् । ‘सबैलाई बाँचुन्जेल आफ्नै पैसा दान दक्षिण गर्ने हो भन्नु हुन्छ । मन लागेको किनेर खान, औषधि उपचार र आपतविपद्मा पनि खर्च गर्न भनेर राखेको पैसा यसरी चलाउन नपाउँदा आमाको मनलाई कसरी शान्ति हुनु,’ जनार्दनले भने । रमेशकुमार पौडेल/कान्तिपुर

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • जिल्ला कारागार चितवनमा ३० जना कैदीबन्दी त्रिपालमुनि

  • फिल्म ‘द ब्ल्यू लाइट’को नयाँ पोस्टरको केन्द्रमा बेनिशा

  • सुनचाँदीको मुल्य घट्यो, तोलामा कति पुग्यो ?

  • आज १२औं विश्व माटो दिवस मनाइदै

  • समाचार
  • १

    जिल्ला कारागार चितवनमा ३० जना कैदीबन्दी त्रिपालमुनि
    २०८२ मंसिर १९, शुक्रबार

  • २

    फिल्म ‘द ब्ल्यू लाइट’को नयाँ पोस्टरको केन्द्रमा बेनिशा
    २०८२ मंसिर १९, शुक्रबार

  • ३

    सुनचाँदीको मुल्य घट्यो, तोलामा कति पुग्यो ?
    २०८२ मंसिर १९, शुक्रबार

  • ४

    आज १२औं विश्व माटो दिवस मनाइदै
    २०८२ मंसिर १९, शुक्रबार

  • ५

    एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै
    २०८२ मंसिर १९, शुक्रबार

  • ६

    नारायणगढ–बुटवल सडककाे भौतिक प्रगति ७६ प्रतिशत
    २०८२ मंसिर १९, शुक्रबार

  • ७

    गण्डकी सहितका तीन प्रदेशमा बर्षाको सम्भावना
    २०८२ मंसिर १९, शुक्रबार

  • ८

    सौराहामा होटेलको छतबाट खसेर किशोरीको मृत्यु
    २०८२ मंसिर १८, बिहिबार

  • ९

    नलिन्चोक हेलिपोर्ट निर्माणमा भ्रष्टाचार, प्रदीप अधिकारीसहित ६ जना विरुद्ध मुद्दा दायर
    २०८२ मंसिर १८, बिहिबार

  • १०

    स्याङ्जामा कार दुर्घटना हुँदा ३ जना घाइते, एक जनाकाे अबस्था गम्भीर
    २०८२ मंसिर १८, बिहिबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    २

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ३

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ४

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ५

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ६

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ७

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ८

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution