२०८२ अषाढ २९, आईतबार
चितवन- वाल्मिकी शिक्षा सदनले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा विद्यार्थी निकेश कँडेल ले ४.० जीपीए ल्याएका छन्।
कुल १८० जना सहभागी विद्यार्थीमध्ये ८९ जनाले ३.६ जीपीएभन्दा माथि, ६३ जनाले ३.२ भन्दा माथि र २३ जनाले २.८ जीपीएभन्दा माथिको नतिजा ल्याएका छन्।
निकेश यसअघि पनि हरेक आन्तरिक परीक्षा तथा प्रतियोगितामा निरन्तर उत्कृष्ट नतिजा ल्याउँदै आएको विद्यालयका प्राचार्य प्रदीप पौडेल जानकारी दिनुभयो।
विद्यार्थीहरूको अनुशासन, मेहनत, शिक्षकहरूको लगनशीलता र अभिभावक हरूको अटुट विश्वासले यो सफलता प्राप्त गर्न सफल भएको पौडेलले बताउनुभयो।
यसै सन्दर्भमा, विद्यालयले कक्षा ११ मा भर्ना प्रक्रिया सुरु गरेको छ। इच्छुक विद्यार्थीहरूको लागि असार १८ गते, बुधबार प्रवेश परीक्षा आयोजना गरिएको छ।अभिभावक र विद्यार्थीहरूलाई समयमै सम्पर्क गरी भर्ना प्रक्रिया टुंग्याउन विद्यालय प्रशासनले अनुरोध गरेको छ।
वाल्मिकिमा बायोलोजी, कम्प्युटर साइन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट समूहमा अध्ययनको व्यवस्था गरिएको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे