२०८२ अषाढ २८, शनिबार
चार महिनासम्म सञ्चालन हुने यस ज्ञान महायज्ञ आगामी असार २२ गतेदेखि कार्तिक १९ गतेसम्म भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका स्थित छालिङ मा हुन लागेको आयोजकले जानकारी दिएका छन् ।
सङ्कल्प कर्ता परम श्रद्धेय अनन्त श्रीविभूषित मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्य श्रीजी महाराज ९ श्रीमुक्तिनाथ बाबा हुनेछन् भने श्रद्धेय आचार्य श्रीसुदर्शन बडालज्यूको प्रमुख वाचकत्वमा कथा प्रवचन हुनेछ ।
असार महिनाको हरिशयनी एकादशीमा प्रारम्भ भई कार्तिक महिनाको हरिबोधिनी एकाशी पछिको पूर्णिमासम्म सञ्चालन हुने उक्त चतुर्मास ज्ञानमहायज्ञमा हजारौ श्रद्धालुहरुले पुजा आरती सहित कथा श्रवण गर्नै महायज्ञ मूल आयोजक समितिका संयोजक उत्तराधिकारी स्वामी श्रद्धेय श्रीवासुदेव प्रपन्नाचार्यले जानकारी दिए ।
श्रीमद्वामीकीय रामायणमा भगवान् श्रीरामले देखाएका चरित्रहरू हरेक मानवका लागि अनुकरणीय भएकाले नेपाली समाज बर्तमान अवस्थामा देखिएको अनुशासन र मर्यादालाई कायम गराउन र भैइरहेको अराजक , बेथितीलाई अन्तय गरि मुलुकमा सुख ,शान्ति ,सम्बृद्धी का लागी मार्ग दर्शन हुने महायज्ञका प्रमुख वाचक आचार्य श्रीसुदर्शन बडालको बिश्वास छ ।
यस्ता शास्त्रहरूमा आधारित प्रवचनहरूले समाजमा सकारात्मक प्रभाव पार्ने ह्दा पवित्र ज्ञानमहायज्ञमा सबै सनातन धर्मावलम्बीहरूलाइ सहभागी भई पुण्य आर्जनको लागि आयोजक समितले आह्वान गरेको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे