२०८२ अषाढ २९, आईतबार
मृत्तक आरुघाट गाउँपालिका-४ थुमी धारश्वारा बस्ने ७१ वर्षीय क्षेत्र बहादुर थापा भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी ईन्द्र प्रसाद सुवेदीले जानकारी दिनुभयो ।
उहाँका अनुसार थापाको मृत्त शरीर सोही ठाउँस्थित गुइखोला (खहरे) दोभानमा मंगलबार फेला परेको हो ।
असार १६ गते साँझ ७ बजे चप्पल किन्न भनेर घरबाट निस्किएका उनी राती अबेरसम्म पनि नआएपछि आफन्त र स्थानियले खोजी गरेका थिए । असार १७ गते आरुघाट ईलाका प्रहरी कार्यालयमा थापा हराएको बिषयमा आफन्तले उजुरी समेत दिएका थिए ।
मृत्तकका आफन्त, स्थानिय र प्रहरीको खोजीमा मंगलबार बिहान ८:३० बजे दोभानमा मृत्त अवस्थामा फेला परेको सूचना अधिकारी सुवेदीले बताउनुभयो । घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे